कालिकोटमा समुदाय स्तरमा फैलिदै कोरोना
कालिकोट । कालिकोटमा एउटै वडाका २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार जिल्लाको तिलागुफा नगरपालिका वडा नं. २ रताडाका स्थानिय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
एक हप्ता अगाडी तिलागुफा नगरपालिका वडा नं. १ नाग्म बजारमा ८ जना स्थानियमा कोरोनाको संक्रमण देखियो । यही भदौ ५ गते राती १२ बजेदेखी जिल्लाभर गरिएको निषेधाज्ञा १३ गते राती १२ बजे हटाईयो । तर तिलागुफा नगरपालिकाको वडा नं. १, २ र३ मा निषेधाज्ञा जारी थियो । त्यहाँ पनि नाम मात्रको निषेधाज्ञा हुनु र स्थानिय मष्टो देवताका पुजामा मानिसहरुको भीड लाग्नु, नाग्म बजारमा सामान किन्न जाने आउने गर्ने लगायतका कारणले तिलागुफा नगरपालिकामा समुदाय स्तरमै कोरोना फैलिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतले बताए ।
उनका अनुसार तिलागुफा नगरपालिका वडा नंं २ मा संक्रमितको सम्पर्कमा गएका र अन्य स्थानियलाई नमुनाका हिसावले ६६ जनाको स्वाब नमुना संकलन गरी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाईएको थियो । जस मध्ये २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आईतबार नाग्म बजारमा पहिरो खस्यो । १० जनाको ज्यान गयो । त्यहाँ पनि उद्धार तथा अन्य कामले मानिसहरुको भीड भयो । जसका कारण कोरोनाको जोखिम बढ्दै गएको छ । स्थानिय स्तरमा भदौ महिनामा मष्टो देवताका मन्दीरमा पुजा र मेलाका कारण पनि कोरोनाको जोखिम बढाएको छ ।
कालिकोटका प्रमूख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले स्थानिय तहको लाप्रबाहीका कारण कोरोना जोखिम बढ्दै गएको बताए । उनले तिलागुफाको एउटै वडामा २ण् जनामा कोरोना पुष्टि भएपछि कालिकोटमा पनि कोरोनाको महामारीको जोखिम उच्च रहेको बताए । उनले भने, प्रशासनले बाराम्बार स्थानिय तहलाई स्थानिय स्तरमा मानिसहरुको भीड लाग्न नदिन, पुजापाठ, मेला पर्व नमनाउन परिपत्र गरेका थियौँ । गाँउमा मानिसहरु देउताका पैठ भनेर भीड हुन थाले । जसका कारण कोरोनाको संक्रमण ह्वात्तै बढेको छ । उनले बुधबार बेलुका ४ बजे जिल्लाका ९ वटै स्थानिय ततहका जनप्रतिनिधि सहित जिल्ला कोभिट १९ रोक व्यवस्थापन केन्द्रको आपतकालिन बैठक बलाईएको बताए । त्यसबाट जिल्लामा कोरोनाको संक्रमण बढेन नििदन थप निर्णय गरिने उनको भनाई छ ।
जिल्लामा हालसम्म समुदाय स्तरमै २८ जनामा कोरोनाको पुष्टि भईसकेको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार जिल्लामा हालसम्म बिदेशबाट आएका ७४ जना र २८ जना स्थानियमा गरी १ सय २ जनामा कोरोना पुष्टि भएको छ । जसमा ६८ जनाले कोरोना जितेर घर फर्किएका छन् । ३ जनालाई जुम्ला पठाईएको छ भने ३१ जनालाई जिल्लाका बिभिन्न स्थानमा रहेका आईसोलेसनमा भर्ना गरिएको छ । जिल्लामा हालसम्म ५ हजार ५ सय ६३ जनाको स्वाब संकलन गरिएकोमा १ सय ६ जनाको नतिजा आउन बाँकी नै छ ।









ई-कर्णाली खबर
१७ भाद्र २०७७, बुधबार ०६:२६