Loading... आजः १ बैशाख २०८१, शनिबार

दुनियाँकै सुन्दर टापु, जहाँ केवल कोरोना संक्रमित मात्र जान पाउनेछन्

कोरोना भाइरस संक्रमित मानिसहरु अस्पताल वा घरमै आइसोलेसनमा बस्दछन् प्रायः । उनीहरुका लागि संक्रमणमुक्त नहुन्जेल घुमफिर गर्ने कुरा सम्भव हुँदैन । तर ब्राजिलमा एउटा यस्तो मनमोहक टापु छ जहाँ कोरोना संक्रमित मानिसहरु घुम्न जान पाउँछन् ।

कोरोना भाइरस संक्रमणको संख्याका हिसाबले अमेरिका पछि दोश्रो स्थानमा रहेको ब्राजिलमा अहिलेसम्म ३८ लाखभन्दा धेरै मानिस संक्रमित भैसकेका छन् भने १ लाख २० हजारभन्दा धेरैको मृत्यु भैसकेको छ ।

संक्रमणको भयावह अवस्थाका बीच ब्राजिल सरकारले देशको फर्नान्डो डी नोरोन्हा टापुलाई पर्यटकका लागि खुल्ला गरेको छ । रोचक त के भने त्यहाँ आउने पर्यटकहरु कोरोना भाइरस संक्रमित हुनुपर्नेछ । अर्थात् उक्त टापुमा छिर्नका लागि कोरोना भाइरस पोजेटिभको रिपोर्ट पेश गर्नुपर्नेछ ।

त्यहाँ जाने पर्यटकले कोरोना संक्रमित भएको रिपोर्टसँगै एक पर्यावरण संरक्षण करसमेत भुक्तान गर्नुपर्नेछ ।

युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत यो टापु कोरोना भाइरस महामारीसँगै गत मार्च महिनादेखि बन्द थियो । जसलाई सरकारले खुल्ला गर्न लागेको हो ।

यो टापु सुन्दरताका लागि स्वर्गको टुक्रा जस्तै छ । सेतो बालुवायुक्त तटीय क्षेत्र र हराभरा जंगल भएको यो टापुमा एक दिनमा केवल ४५० जनालाई मात्र प्रवेश दिइन्छ ।