मोड्लिङमा भबिश्य खोज्दै आशा
कालिकोट । जिल्लाको महाँवै गाँउपालिका वडा नं. ४ की आशा शाही मोड्लिङमा व्यस्त छिन् । जिल्लाकै पहिलो मोडलको रुपमा दाबी गर्ने उनी मोड्लिङमा लागेको धेरै समय त भएको छैन् । उनले बाल्यकालदेखी नै देखेको सपना पुरा गर्नका लागि गायकसँग बिहे गरेर मुम्बई पुगिन । जिल्लाकै चर्चित लोक गायक महेन्द्र शाही रास्कोटीसँग २०७२ सालमा बिबाह गरेर उनी भारतको मुम्बई पुगेरे सुरु गरेको मोड्लिङको यात्रा जारी छ । बाल्टीनको तालमा घरको गोठभित्र कम्मर मर्काई मर्काई गरेको नृत्यले गाँउ, जिल्ला तहसम्म चर्चित बनायो । त्सलैको लगावले टिभीमा नाच्ने किटीहरुको नक्कल गर्दै मोड्लिङमा लाग्ने प्रेणा जाग्यो । गाँउमा नाच्ने मान्छेलाई बादीको संग्या दिने समाज उनले गरेको संघर्षले अन्तत ः सबैले मनपराउने मोडेल बनिन् । अहिले हरेक उत्सव महोत्सवमा उनको नाचले दर्शको मन जित्ने गरेको छ । दर्शकको उपस्थिति बढाउने उनको नृत्यले महत्वपुर्ण भुमीका खेल्छ ।
गायक महेन्द्र शाही रास्कोटी र देवि घर्तिको आवाजमा रहेको पिपलु र बर छ बोलको गितबाट सुरु भएको उनको अभिनय मनको बेथा, भेट्न जति सजिलो छुट्न त्यती गारो भयो जस्ता दर्जनौँ गितहरुमा छ । चाहे एकदमै प्रेममय गीतमा उनले गरेको अभिनय होस् या पीडा देखाउने गितमा उनले गरेको अभिनय होस । आशाले गरेको अभिनयले लाखौ दर्शकहरुको मन जित्ने गर्छ । उनले भनिन्, म हरेक गितको भाबसँग अभिनय गर्ने गरेकी छु । प्राय आधुनिक, झाउरे, लोक देउडा जस्ता दर्जनौँ गितहरुमा उनको अभिनय देख्न सकिन्छ । भर्खरै मात्र कालिकोटका राष्टगुरु योगी नरहरीनाथको सम्झानामा बनाईएको गितमा पनि चर्चित मोडेल बिमल अधिकारीसँग उनले अभिनय गरेकी छन् । जाँउ है घुम्न कालिकोट बोलको गितको उक्त म्यूजिक भिडियो कर्णाली प्रदेश सरकारले भ्रमण बर्षको अवसरमा सुटिङ गरेको हो ।
गाँउको बिद्यालयमा माध्यामिक तहसम्म पढेकी आशा मोडल बन्ने हुटहुटीले पढाई पनि छाडिन् । उनी सानैदेखि गीत गाउन र नाच्न भनेपछि हुरुक्क हुिन्थन् । स्कुलका सांगीतिक कार्यक्रममा विजेता बन्थिन् । स्कुल जाने बेला बाटोमा गित गाँउदै नाच्दै हिड्दा कत्ति पटक लडेर चोट लागेको उनले बताईन् । उनले भनिन्, ‘काम सिक्न र अनुभव गर्न कति भिडियोमा त पारि श्रमिक बिना नै काम गरेँ । सुरु सुरुमा धेरै महोत्सव तथा सांसकृतिक कार्यक्रमहरुमा सय रुपैया ज्याला लिएर नाचेकी छु । आफ्नो क्षमता बढाउन लगाव र मेहनत गर्नैपर्ने भएकाले आफु सय रुपैयामा पनि नाच्न तयार भएको उनले बताईन् । कहिलेकाहीँ घरमा ढाँटेर जिल्ला सदरमुकाममा हुने सांस्कृतिक कार्यक्रममा दौडिएको उनले बताईन् । उनले भनिन्, जिल्ला सदरमकाम आउन उनको गाँउबाट एक दिन लाग्थ्यो । खर्चिलो पनि हुन्थ्यो । आयोजकले खाना र बस्ने व्यवस्था मिलाएपछि बीना पारिश्रमिक पनि उनी स्टेजमा नाच्न स्कुल छोडेर आँउथ्ये ।
गीतसंगीतको क्षेत्र अत्यन्तै पवित्र लाग्छ आशालाई । नराम्रा नियतका मान्छे मनोरञ्जन क्षेत्रमा मात्र नभएर सबै क्षेत्रमा हुने बताउँदै उनले कालिकोटको ग्रामिण समुदायमा जन्मिएर मोड््लिङमा लाग्न त्यती सहज नभएको बताईन् । प्राय ः स्टेजमा नाचिदिन आग्रह गरेर खुट्टामा टोली राख्नेहरुले समेत आफुले नाचेको पाश्ररीश्रमिक नदिएको उनको अनुभव छ । उनलाई एक जना गायकको श्रीमति भएकाले पनि मोडेल बन्न पारिवारीक साथ राम्रो मिलेको छ । मोडल आशाले भनिन्। यस क्षेत्रबाट मैले दाम काम कमाएको भएपनि बढी नाम कमाएको छु । यसलाई थप मेहनत गरेर अगाडी बढाउने छु । अहिले म्यूजिक भिडियो, मेला महोत्सवमा निकै ब्यस्त छु । भबिश्यमा मेरा हरेक म्यूजिक भिडियो हेर्ने दर्शकहरुलाई गर्भ गर्ने वाताबरण बनाउछु ।









ई-कर्णाली खबर
१७ भाद्र २०७७, बुधबार १३:३९