कोरोना बिशेष अस्पताललाई कांग्रेसको सहयोग
कालिकोट । नेपाली कांग्रेस कालिकोटले कोरोना बिशेष अस्पतालका लागि सहयोग गरेको छ । नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य नमराज बमको आर्थिक सहयोग तथा जिल्ला कार्य समितिको समन्वयमा कोरोना बिशेष अस्पताललाई १० सेट पिपिई र ५ सेट अप्रेशन गर्दा लगाउने ड्रेस सहयोग गरिएको हो ।
बिहिबार नेपाली कांग्रेस कालिकोटका सभापती हर्षबहादुर बम, सहसचिव दमनबहादुर शाही, कांग्रेस नेताहरु मीनबहादुर बोगटी, भानुभक्त संज्याल, नमराज बम, कालीबहादुर बिष्ट, सविन बिष्ट, शुरेश शाही, हरीस बोगटी, नेपाल प्रेस युनियन कालिकोटका अध्यक्ष बिष्णु न्यौपाने लगायतका नेताहरुको उपस्थितिमा कोरोना बिशेष अस्पताललाई पिपिई सेट लगायतका सामाग्रीहरु हस्तान्त्रण गरिएको हो । सामाजिक दुरी कायम गरी आयोजित सहयोग हस्तान्त्रण कार्यक्रममा नेपाली कांग्रेसका पार्टी सभापती हर्षबहादुर बमले जिल्लामा कोरोना भाईरसको जोखिम दिन प्रतिदिन बढिरहेको बताउदै यसबाट जोगिन सबैले सचेत हुनुपर्ने बताए । उनले कालिकोटका नागरिकहरुलाई कोरोनाबाट जोगाउन सक्रिय रुपमा खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि आवश्यक पर्ने पिपिई लगायतका सामग्रीहरु पार्टीले सहयोग गरेको बताए । उनले कांग्रेसले कोरोनाको महामारी रोकथाम लगायत जिल्ला अस्पतालका लागि आवश्यक सहयोग जहिले पनि गर्न तयार रहेको बताए । कार्यक्रममा नेपाली कांग्रेस कालिकोटका सहसचिव तथा प्रदेश सभा ख का सभापती दमनबहादुर शाहीले कालिकोटमा कोरोनाको महामारी नियन्त्रणमा स्वास्थ्यकर्मी, पत्रकार, नागरिक समाजले ठुुलो भुमीका खेलेको बताए । उनले कोरोनाका बिरुद्धमा सक्रिय भएर लाग्न स्वास्थ्कर्मीहरुलाई आग्रह गर्दै राजनीतिक दलका तर्फबाट सहयोग आवश्यक परे आफुहरु स्वयमसेवी भुमीका खेल्न तयार रहेको बताए । कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमूख कटकबहादुर महतले कोरोनाको महामारी बिरुद्धको अभियानमा सहयोग गर्ने राजनीतिक दलमा कांग्रेस पहिलो भएको बताए । उनले केही समय अगाडी कांग्रेस नेता राजिबबिक्र शाहाद्धारा अत्याधुनिक सुविधायुक्त ५ वटा बेड सहित लाखौ मुल्यका मेडिकलल सामग्रीहरु सहयोग भएको बताउदै फेरी पनि कोरोना अस्पतालमा स्वास्थ्यकर्मीलाई आवश्यक पिपिई लगायतका सामग्रीहरु सहयोग भएकोमा धन्यबाद दिए ।
कार्यक्रममा जिल्ला अस्पतालमा कार्यरत डा. बिज्ञान प्रजापतीले कोरोना अस्पतालको व्यवस्थापन अन्तिम चरणमा रहेको बताउदै अब जनशक्ति व्यवस्थापनका लागि सबैले पहल गर्नुपर्ने बताए । उनले कोरोना अस्पतालका लागि कम्तीमा ५५ जना कर्मचारी व्यवस्थापन गर्नपर्ने बताए । कार्यक्रममा कांग्रेस युवा नेता नमराज बमले आफुले जिल्लाभरीका स्थानिय तहका लागि पनि पिपिई लगायतका सामग्रीहरु सहयोग गर्ने तयारी रहेको जानकारी दिए । कार्यक्रममा डा. किरण शाही, जिल्ला आयुबेर्द औषधालयमा कार्यरत बरिष्ट बैद्य लक्ष्मिप्रसाद पोण्डे लगायतका सरोकारवालाहरुको उपस्तिथि रहेको थियो ।









ई-कर्णाली खबर
१८ भाद्र २०७७, बिहीबार १३:२३