Loading... आजः १५ बैशाख २०८१, शनिबार

भारी बोक्न नपाए के खाने हो,“भोकको चिन्ता”

कालिकोट-जसले दैनिक ज्यालामजदुरी नगरी बिहान बेलुकी चुलो नबल्ने समुदायहरु पनी कालिकोटमा थुप्रै छन ।

दिनमा ज्यालामजदुरी गरेर कमाएको पैसाले बिहान वेलुकिको छाक टार्ने नागरिकहरु लाई कुनै रोगको चिन्ता छैन । केवल उनिहरुलाई चिन्ता छ , दिनमा काम गर्न नपाए बेलुकी के खाउँला भन्ने मात्र चिन्ता छ ।

 

कोरोना भाइरसको (कोभिड १९) को लहर सुरु भएको दुई हप्ता दिन पुग्न लाग्दा दैनिक जसो यस्ता ज्याला मजदुरी गरी खाने हरुलाई रोग भन्दा भोगको चिन्ताले पिरोलिन थालेको गुनासो आउन सुरु भएको छ ।

 

जिल्लाको स्थानिय हाट जितेबजार, लालिघाट, नाग्म बजार र सदरमुकाम मान्म बजारमा दैनिक जसो भारी बोकी पेट पाल्नेहरुका लागी लकडाउनले समस्यामा परेको देखिन्छ । स्थानिय जितेबजारमा भारी बोकरै पेट पाल्ने गरेका शान्नि त्रिवेणी गाउँपालिका –२ सेरिज्युलाका देउमले सार्कीले भने, रोगको चिन्ता थिएन,अवत भोकको चिन्ता पो लाग्न थाल्यो ।

श्रीमती र आफुले दिनमा भारी बोकी कमाएको पैसाले खान पुग्थ्यो । लकडाउन गरिएपछी भारि बोक्न छाडेको हप्ता पुग्न थाल्यो। रोगको चिन्ता थिएन। अव भारी बोक्न नपाए के खाने हो यही चिन्ता छ । सार्कीले गुनासो पोखे ।

 

रोग लागेमा ओखती आएर सन्चो होला तर, भोक लागेमा के खाने, मरिने भयो । देउमले सार्की मात्र होइनन् दैनिक जसो भारी बोकेरै छाक टार्ने यहाँका श्रमिकहरु लकडाउनमा के खाने र के लाउने भन्ने चिन्तामा रहेका छन ।

 

दैनिक जसो आफ्नो पालिकाका भित्रका ज्याला मजदुरी गरीखाने नागरिकलाई स्थानिय सरकारले बन्दाबन्दीमा रोजगारी दिने कुनै पनी योजना बनाएको छैन ।

पहिलो लहरको कोभिड भन्दा दोसो्र लहरको कोभिड तिब्रगतीमा फैलिदै गइरहेकाले स्थानिय सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेको देखिन्छ । दैनिक काम नगरी खान नपुग्नेहरु का लागी कुनै संघ,संस्था, समाज सेवी तथा सरकारी निकायहरु बाट सहयोग तथा राहतका कामहरु सुरु गरिएको छैन ।