Loading... आजः १२ चैत्र २०८०, सोमबार

भारतको कदमप्रति चीनको आपत्ति, गल्ती सच्याउन आग्रह

बेइजिङ । भारत सरकारले चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध लगाएकोमा आपत्ति जनाएको छ । साथै गल्‍ती सच्याउन आग्रह पनि गरेको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार भारतको प्रतिबन्धको आफूहरुले कडा रुपमा विरोध गरेको जनाएको छ । भारतको कदमले चिनियाँ लगानीकर्ता र सेवा प्रदायकहरुको कानुनी चासोलाई उल्लंघन गरेको चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता गाओ फेङले बिहीबार प्रेस ब्रिफिङको क्रममा यस्तो बताएका थिए ।

भारतले हिजो बुधबार मात्रै पबजी सहित १ सय १८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो । टेन्सेन्ट होल्डिङ्स लिमिटेडको चर्चित भिडियो गेम पबजीका भारतमा ५ करोड भन्दा धेरै सक्रिय उपभोक्ता भएको बताइन्छ ।

भारतले यसअघि पनि टिकटक सहित ५० भन्दा धेरै चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो । गत साता मात्रै चिनियाँ व्यापारिक प्रभुत्वविरुद्ध भन्दै भारत अष्ट्रलिया र जापानसँग नयाँ गठबन्धनमा सामेल भएको छ ।