Loading... आजः १५ बैशाख २०८१, शनिबार

फेरिएन पलाताको जीवनस्तर

कालीकोटः कर्णाली प्रदेश ,कालिकोट जिल्लाको सदरमुकाम मान्म उक्त सदरमुकामदेखि झन्डै १ दिनको १४घन्टा  टाढा ,मेरो जन्मभुमि मेरो पलाता गाउँपालिका यहि स्थानिय तहमा मेरो वस्ति छ ।

 

वेला(वेला आफ्नो जन्म र कर्म थलोलाइ सम्झेर सराप्नेको कमि छैन यहाँ,आफ्ना पाखुराहरुले त्यो चट्टानलाइ फोरेर बाली उब्जाउन संधै तल्लिन रहिरहने किसानहरुको बासस्थान हो मेरो ३पलाता गाउँपालिका मेरो प्रिय जन्म भुमि बर्षको ८र९ महिना छिमेकी देश भारत र नेपाल को कुना काप्चो मा पिठियुमा भारि बोकेर परिवारको लुगाफाटो र खानपानको जोहो गर्न गार्हो पर्ने मेरो ठाउँ यो समयमा पनि धेरै बुवाहरु र साथिहरु कोहि खाडि त कोहि भारतका कुना कन्दरामा भौंतारिरहेका छन्

 

दाललाइ स्वादिष्ट पार्न नुनको खाँचो संधै परिरहने मेरो ठाँउ मा उन उब्जाउने भेडा र बाख्रा पालनमा आवद्ध किसानहरुको भने कमि छैन यहाँ,आलु सिमि र स्याउ फलाउन बर्षे सिजनमा लेखतिर धाइरहनेहरुको पनि कमि छैन यहाँ, लेख,वेसि,उकालि रओराली गरेर विहान वेलुकाको छाक गुजारा गर्न हिडिरहेकाहरुले आजभोलि काम को शिलशिलामा बाटोमा भिडै भिड छ,,कतिबेला लाग्छ आहा१ कति रमाइलो तर यो हिँडाइको वास्तविक रहस्यामा डुब्ने हो भने पिडै पीडा मा हिडिरहेका मान्छेका मन फाटेका र जलेका छन्

 

आमाहरुलाइ कहिले चुहिने छानोले रुवाँउछ त कहिले छाक टार्न मानोले रुवाँउछ,कहिले भारतका ,खाडि मुलुक श्रीमान र छोराहरुलाइ सम्झेर आमाका आँसु खसेका हुन्छन त कहिले छोराछोरीको पेट भोको र जिउ नाँङ्गोले रुवाँउछ

 

बुवाहरु र युवाहरुलाइ आफ्नि घरकि पियारी सम्झेर,नाबालक छोराछोरी सम्झेर,बुडेसकालका बा आमा सम्झेर अनि त्यो घरका खेतहरु बाँझै रहेहुन् भन्ने पिर परेर त कहिले के खाए के लाए भन्ने सम्झेर पोलिरहेका छन् वहाँहरुका मन

 

अचेल यहाँ तराइ बसाइँसराइ गर्न होडबाजी चहिरहेको छ। यहाँको धेरै जमिनु बाँजो रहेको छ, चौतारीहरु शून्य भयका छन धेरैले बाआमालाइ घरमै छोडेर आफु अन्त बसाइँसराइ गरेका छन्

 

यहाँ विडम्बना र समस्यामाथि सरकारको हेर्ने नजर खासै सकरात्मक देखियको छैन्,, यहाँका बाटो(घाटो बिध्यालय मा न राम्रो शिक्षा छ नराम्रो बस्ने विद्यार्थी लाई ठाँउ छ ४र५ कलास पढ्दै बुवा दाजु सङ एकसरो कपडा बदल्न र घरमा खान लाई नुनको जोहो गर्न बाध्यता ले जानु पर्छ अनि पढाई पनि छुटछ अनि कसरी शिक्षित हुन्छ्न त स्वास्थ भन्नाले न सामान्य ज्वरो को सिटामोल पाइनछ न पखाला को जिवनजल नेता भदाउदा हरुले भोट माग्ने बेला सम्म मात्रै मुख देखाए अहिले कता छन्

 

कता कोहि नेता भएका त्यहि पलातामै हामीले उठाएको कर मा मोज मस्ति र हाम्रो भोट को बदनाम गर्दै छन,विद्यालय र अस्पतालको अवस्था मा पनि कुनै नौलोपन छैन,पानी भर्न पधेँमा धाइरहनु परकै छ,,खाद्यान्न किन्न दिनभरिको बाटो धाउनै परेको छ खाने पानी खान को लागि द्दरघ घन्टा हिडेर ल्याउनु पर्छ बिकास त गर्यौ भन्छ्न हाम्रा छोटे राजा हरु तर हामि पलाति जनताले केहि अहिले सम्म देखेका छैनौ उस्ता को उस्तै छ चार चर बर्ष बित्दा नि त्यहाको जन्ताले न शिक्षा न स्वास्थ न रोजगार ,न केहि पाए रोजगार पाएका पलाता कार्यदल अहिले कोहि पलाता मै छ्न त कोहि भारत तिर धाउदै छ्न कसैलाई आखा र कसैलाई पाखा को नजरमा हेर्दै छ्न अहिले छोटे राजा हरु तपाईहरुको लागि पलाताका हरेक पार्टी का जनता सम्मान जनक होइन र ११ कठै ११ मेरो पलाता जति लुटपाट गर्नु छ गर फेरि आइगो तम्मा लागि नासो
✍️ प्रकाश न्यौपाने
पलाता गाउँपालिका १,खाडा कालिकोट
हाल,घोडाघोडि नगरपालिका ४ गैडाखेडा कैलाली