Loading... आजः १२ बैशाख २०८१, बुधबार

२ वटा पालिकाका पाठ्यपुस्तक कोल्टी पुगे,

 

बाजुरा

नयाँ शैक्षिक शत्र सुरु भएको १ महिना पुगेपछि २ वटा पालिकामा रहेको विद्यालयहरुका पाठ्यपुस्तक कोल्टीमा आईपुगेका छन । कोरोना संक्रमणका कारण वाजुरा जिल्लाको कोल्टी क्षेत्रमा रहेका ४ वटा पालिकामा पाठ्यपुस्त समयमै पुग्न सकेका थिएनन् । विद्यार्थीको हातमा किताब सम्म पुगेको थिएन । कोरोनाका कारण यसै पनि शैक्षिकशत्र प्रभावित भैरहेको छ , त्यसमाथी पुस्तक नै नपाएपछि विद्यार्थी अलमलमा परेका थिए ।

तर विभिन्न समस्याका वावजुत पनि जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकामा रहेका ४२ विद्यालयका पाठ्यपुस्त कोल्टीमा पुगेसँगै विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्न थालेका छन । जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाको पाठ्यपुस्तक उपलब्ध गराउदै आएको न्यू रारा सपिङ सेन्टरले विभिन्न कठिनाईका वावजुत कोल्टीमा पाठ्यपुस्तक पुगाएको छ ।

कोरोनाका कारण जनक शिक्षा सामाग्रीले ढिलो वितरण गरेका कारण किताव ढिलो आईपुगेको रारा सपिङ सेन्टरका प्रोप्राइटर सन्जय रोकायाले बताए । साफे मार्तडी मार्तडी कोल्टी सडक खण्डवाट विगतमा पुस्तक ल्याउने गरेको भएपनि यस पटक भने कर्णाली राजमार्ग र कर्णाली करिडोरवाट किताव ढुवानि गर्नु परेको रोकायाले बताए ।

उनले बर्खाको समयमा साफे मार्तडी, मार्तडी कोल्टी सडक खण्ड बाढि पहिरोका कारण अवरुद्ध भएपछि धनगढि ल्याएको किताव नेपालगंज लगेर सुर्खेत कालिकोट हुँदै कोल्टी पुगाएको उनले बताए । उनले भने, विद्यालयले पाठ्यपुस्तक छिटो चाहियो भनेर वारम्वार सताउछन , यता पाठ्यपुस्तक ल्याउने सडक ठाउँ ठाउँमा अवरुद्ध भएको थियो । धनगढि ल्याएको किताव वाटो अवरुद्धका कारण चर्को भाडा तिरेर नेपालगंज लगेर सुर्खेत हुदै कालिकोट सम्म पुगाएको बताए ।

कालिकोटको खुलालुमा माटरेवल पुल नहुँदा मानिसहरुद्धारा किताव वारी ल्याएको र ढुवानिमा धेरै खर्च भएको उनले बताए । कोल्टीमा किताव आइपुगेपछि अहिले बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाका सबै विद्यालयले पाठ्यपुस्तक लगिसकेको र केहि विद्यालयले मात्र लिन वाँकि रहेको रोकायाले बताए ।

बुढीनन्दा नगरपालिका २ मा रहेको जनप्रकाश माध्यामिक विद्यालयले पनि आईतवार वाट विद्यार्थिलाई पाठ्यपुस्तक वितरण गर्न थालेको छ । जनप्रकाश माध्यामिक विद्यालयले आईवार १ सय २५ जना र शोमवार १ सय ५५ जना विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको शिक्षक धिर बहादुर दानिले बताए । उनका अनुसार कोरोनाका कारण विद्यालय संचालन हुन नसकेपनि अव विद्यार्थीले घरमै बसेर पनि पाठ्यपुस्तक अध्ययन गर्न सहज भएको बताए ।