Loading... आजः २० मंसिर २०८२, शनिबार

एक सय १७ जना बिपन्न परिवारले पाए शुभकालिकामा खाध्यान्न 

कालिकोट -जिल्लाकाे शुभकालिका गाउँपालिका वडा नम्वर १ छाति र ६ हाउडिका एकसय १७ बिपन्न परिवारलाई खाध्यान्न वितरण गरिएकाे छ । आफ्नाे उत्पादनले वर्षभरि खान नपुग्ने बिपन्न परिवारलाई राहत महसुश हाेस भन्दै स्टास फाउन्डेसन नेपालकाे सहयाेग र युवा नेता महारुद्र अाचार्य क.(महान )काे पहलमा सुभकालिका- १ छातिमा ६७ परिवारलाई र शुभकालिका ६ का ५० परिबार्लाइ राहत बितरण गरिएकाे हाे ।  एक कार्यक्रमका बिच नेता महानले प्रतिपरिवार १बाेरा चामल ३किलाे दाल र २ लिटर तेल दिएर विपन्न दलित परिवारकाे उद्दार गरेका छन ।

राहत वुझ्दै स्थानिय जना विकले अाफुलाई माईतिले काेशेलि दिएकाे जस्ताे महशुस भएकाे बताईन । नागरिककाे सेवा पद र नेतृत्वमा पुगेमात्र पाईन्छ भन्ने रैन छ, मनमा ईछ्छा भयाे भने जन्ताकाे नेता हामी भित्रै बाट उत्पादन गर्न सकिने रैछ भन्दै नेता महानलाई धन्यवाद दिईन ।