Loading... आजः ४ बैशाख २०८१, मंगलवार

कालिकाेटमा ३३ जनालाई भुमी सम्बन्धी समस्या सावधान आयोगले रातो पुर्जा वितरण

कालिकाेट – जिल्लामा ३३ जनालाई भुमी सम्बन्धी समस्या सावधान आयोगले रातो पुर्जा दिएको छ । लामो समयदेखी भोगचलन गर्दै आएका अव्यवस्थित रुपमा बसोवास गर्दै आएका ३३ जनालाई रातो पुर्जा दिएको हो ।

२०५४ सालमा नामजाँच गरेका तर, पुर्जा नपाएका ३३ जनालाई पुर्जा वितरण गरेको आयोगका विषय विज्ञ सचिव रमेश नेपालीले जानकारी दिएका छन । पुर्जा पाउनेमा खाँडाचक्र नगरपालिकाका ११ जना, पलाँता गाउँपालिकाका १५ जना र नरहरीनाथ साविकको मालकोटका ७ जना गरी जम्मा ३३ जनालाई पुर्जा दिएको नेपालीले बताए । उनले भने,’ ‘सरकारले आफुहरुलाई भुमी समस्या सावधान आयोगको जिम्मा दिएको दुई महिना भित्रै पुराना अधुरा कामहरु पुरा गरेको दावी गरे ।, उनका अनुसार आफुहरु कर्णाली प्रदेशकै पहिलो पुर्जा दिनेमा परेको बताए ।

पहिलो गठित आयोगले नामजाँच गरिसकेको तर, पुर्जा मात्र पाउन बाँकी रहेकाहरुको अधुरो काम पुरा गरेको आयोगका अध्यक्ष धिरबहादुर बमले बताए । पुर्जा पाएका ३३ जना सुकम्वासी भन्न मिल्दैन् उनीहरु आफ्नो जमिनमा उब्जनी गरेर खान नपुगेर लामो समयदेखी सार्वजनिक ठाउँमा भोगचलन गरी घर बनाएर बसेका तर, पुर्जामात्र नपाएका ३३ जनालाई पुर्जा दिएका हौ।

जिल्लामा सुकम्बासी पनी छन ,उनीहरुको बारेमा नंया काम सुरु गरिएको छैन । अव आफु रहदा सम्म कालिकोटका सुकमबासीहरु लाई लालपुर्जा वितरण गर्ने अध्यक्ष बमले बताए । आफुहरुलाई वर्तमान सरकारले नहटाएमा भुमी समस्या सावधान गर्ने सुकम्बासीको पनी समस्या सावधान गर्ने बताए