Loading... आजः ८ आश्विन २०७८, शुक्रबार

कालिकोटकाे कृषि विकास बैंकले गर्याे एटिएम सेवा सुरू

कालिकोट – कृषि विकास बैंक शाखा कालिकोटले एटिएम सेवा सुरू गरेकाे छ । ग्राहकलाई थप सेवा तथा सुविधा दिने उदेश्यले बिहिवार डिजिटल बैंकिङ सेवा एटिएम सेवा सुचारू गरिएको हाे ।

तपाई हाम्रो घर आगनको बैंक कृषि बिकास बैंक लिमिटेड भन्ने मुख्य नाराका साथ अगाडि बढिरहेको बैंकले सदरमुकाम मान्ममा एटिएम सेवा सुचारु गरेपछि अब सेवा ग्राहिले सहज र सुर्लभ सेवा पाउने शाखा कार्यालयका प्रबन्ध उषा चन्दले बताईन ।

प्रबन्धक चन्दका अनुसार कालिकोटका ९ स्थानीय तहहरु मध्ये तिन वटा स्थानीय तहहरुमा कृषी बिकास बैंकका शाखाहरु स्थापना गरिएको छ ।

बिगत लामो समय देखि कृषि बिकास बैंक लि. शाखा कालिकोट मान्ममा एउटा अभिवावकको भुमिकामा छ ।
यसरि हेर्ने हो भने झन्डै कालिकोटमा बैंकबाट सेवा उपभोग गर्ने जनसंख्या अरु बैंकको तुलनामा कृषि बिकास बैंकका ग्राहक थुप्रै रहेको चन्दले बताइन्।

सेवा स्थापना गर्न कालिकोटको तर्फबाट उच्च ब्यवस्थापन बिभाग र कर्णाली प्रदेश कार्यालय सम्पुर्णमा आभार सहित धन्यवाद व्यक्त गरिन ।


error: Content is protected !!