Loading... आजः १४ बैशाख २०८१, शुक्रबार

नेपाली कांग्रेस कालिकोटको पार्टी सचिव पदमा नगेन्द्र विष्टकाे उम्मेदवारी दिने घोषणा

कालिकाेट – नेपाली कांग्रेसका युवा नेता नगेन्द्र विष्टले कांग्रेसको ७ औँ जिल्ला अधिवेशनमा नेपाली कांग्रेस कालिकोटको पार्टी सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।वर्तमान पार्टी प्रवक्ता समेत रहेका बिस्टले ७ औँ जिल्ला अधिवेशनमा सचिव पदका लागि आफ्नो उम्मेदवारी दिने एक कार्यक्रममा बताएका हुन् ।
उनले जिल्लाको छैटौँ जिल्ला अधिवेशनमा समेत सचिव पदमा पराजित, भएपनी सचिव पदका लागी फेरी पनी उम्मेदवारी दिने जानकारी दिए छन् । आफ्नो उम्मेवादारी बलियो र एक मात्र रहने दावि गरेका छन ।नेपाली कांग्रेसलाई कालिकोट जिल्लामा चलायमान राख्नका लागि संगठन विस्तार देखि आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आफूले उम्मेदवारी दिएको बताए । पुर्व पत्रकार समेत रहेका विष्ट कांग्रेसमा आवद्ध रहँदै प्रेस युनियनको जिल्ला अध्यक्ष हुँदै ट्रेड युनियनको समेत अध्यक्ष भएका थिए । उनको पछिल्लो समयमा नेता कार्यकर्ताको माग बढ्दो रहेको देखिन्छ ।?दचश्रनेपाल देशको उन्नति अनि समग्र नेपाली जनताको प्रगति नेपाली कांग्रेसको मूल अभिष्ट सँगै, हजारौं योद्धाको समर्पण र लाखौं सदस्यको अनवरत यात्रा हाम्रो त्यही अभिष्टमा केन्द्रित र लक्षित भएको उनको भनाई छ ।नेपाली कांग्रेस जिल्ला कार्य समितिमा देखिएको गुट उपगुट देखि आन्तरिक विवादलाई समेत मेटेर लिने र सबैलाई एक ढिक्काका साथ नेपाली कांग्रेसलाई जिल्लाकै पहिलो पार्टी बनाउने आफ्नो राजनीतिक लक्ष्य रहेको बताए।राष्ट्रियता,लो कतन्त्र र समाजवादको सिद्धान्त एवं आदर्शप्रति अटुट आस्था, दृढ़ अडान र निरन्तर अभियानमा नेपाली कांग्रेस सदैब अविचलित रहनेछ उनले भने युवाहरूलाई रोजगारी सुनिश्चित गर्नका लागि, कृषि क्षेत्रमा आधुनिक कृषि प्रणाली लागू गर्नका लागी, जिल्लाको गरिबी अन्त्यका लागि र आम नागरिकहरूको आवश्यकतालाई पुरा गर्नका लागि विगत देखि नै जागिर छोडेर राजनीतिमा अग्रसर भएको बताए ।उनका अनुसार, ७ औँ जिल्ला अधिवेशनले सर्वसहमत चयन गर्नेमा आफुहरु लागि परेको भन्दै अन्तत सर्वसहमत नभएमा सचिवका लागी आफ्नो एकमात्र उम्मेवादारी रहने विष्टले बताए । यस्तै अधिवेशनमा सचिवमा नवराज बम, जगतजंग विष्ट मात्रिका सिंह लगायतकाले सचिव पदमा उम्मेवादारी दिने बताएका छन ।