Loading... आजः १४ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्री शाहीले देवताको आर्शीबाद लिएर पचालझरना गाउँपालिका भवनको शिलान्यास

कालिकोट — कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देवताको आर्शीबाद लिएर पचालझरना गाउँपालिका भवन शिलान्यास गरेका छन् । मंगलबार गाउँपालिकाको केन्द्र पडेँक्षामा पुगी त्यसक्षेत्रले मान्ने कुल देवता पचालोका धामीले मुख्यमन्त्री शाहीलाई आर्शीबाद दिएर भवनको शिलान्यास गरिएका गरेका हुन् ।

दश वर्षे जनयुद्धमा देवताका थान तथा मठमन्दिर भत्काउदै हिँडेका शाहीले सत्तामा पुगिसेकपछी विभिन्न धार्मिक तथा देवताका थानहरुमा गएर देवता प्रर्ती विश्वास गर्न थालेका छन् । एक हप्तादेखी गृह जिल्लामा विभिन्न कार्यक्रम तथा राजनिति भेटघाट संगै पचालझरना गाउँपालिका प्रशासनिक भवनको पचाल देवताका धामिबाट आशिष लिएर गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरेपछी मुख्यमन्त्री शाहीको आलोचना भएको हो ।

दश वर्षे जनयुद्धमा देवताका थान र मठ मन्दिर भत्काउदै हिँडेका शाही सत्तामा पुगिसेपछी देवताका थानमा पुगेर आषिश लिएको पाइन्छ । यसरी धार्मीक क्षेत्रमा जागेको मुख्यमन्त्रीको आषा प्रर्ती यहाँका जनता चकित परेका छन । युद्धमा वर्ग संर्घष र जन्ताको मुक्तीका लागी जनतालाई युद्धमा लगेका शाहीले पढ्नु हुन्न, धार्मिक अन्धविश्वासको जालो तोड्नु पर्ने भन्दै विभिन्न देवताका थानहरु भत्काउदै हिँडेका शाही पछिल्लो समयमा विभिन्न देवता तथा धार्मिक कार्यमा लाग्नु फेरीपनी यहाँका जन्ता ब्याकुप जस्तै बनेका स्थानिय दिपेन्द्र बुढाले बताए । उनले भने, केही समय अघि मात्र मुख्यमन्त्री शाही र सह परिवार बोकेर हेलिकप्टर चढेर बडिमालिका माईको दर्शन गर्न हिडेका थिए ।

मुख्यमन्त्री शाहीले जन्ताले विश्वास गर्दासम्म आफुले पनी देवताको विश्वास गर्ने बताए । शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत लगायतका नागरिकहरुको सहभागिता रहेको थियो । शिलान्यास गरिएको भवन आधुनिक र सेवाग्राही मैत्री रहने गाउँपालिका अध्यक्ष सेजुवालले बताए उनले भने, गाउँपाकिलाको केन्द्र तोकिसकेकाले अव स्थायी रुपमा गाउँपालिका केन्द्रमा रंगशाला र प्रशासनिक भवनको निर्माण रप्तारमा सुरु हुने बताए ।
देवताका धामिको आर्षिबाद लिदै भवनको शिलान्यास