Loading... आजः १३ बैशाख २०८१, बिहीबार

पचालझरनामा नेपालकाे पहिलाे देउडा महाेत्सव

कालिकोट — पचालझरना गाउँपालिकामा असोज १५ गतेदेखी १८ गते सम्म नेपालकै पहिलाे देउडा महाेत्सव हुने भएको छ । पश्चिम क्षेत्रको मौलिक संस्कृतीको जगेना र पचालझरनाको प्रचारप्रसारका लागी असोज १५ गतेदेखी १८ गते सम्म वृहत रुपमा देउडा महाेत्सव संचालन हुने आयोजकले जनाएको छ ।

गाउँपालिकाको आर्थिक सहयोग तथा कर्णाली प्रदेश कला साहित्य प्रतिस्ठान र कला संकृति संरक्षण प्रतिस्ठान सुर्खेतको आयोजना महाेत्सव संचालनको लागी विभिन्न उप समिति बनाएर तयारीमा जुटेको आयोजक समितिका अध्यक्ष कटक बमले बताए । उनका अनुसार, ११ सदस्यि देउडा मेला व्यवस्थापन समिति गठन गरेका छौँ । जसले गर्दा मेला व्यवस्थापनको तयारी र सफल बनाउने हाे ।
यस्तै एैनबहादुर शाहीको नेतृत्वमा मञ्च व्यवस्थापन समिति, दिलिप कुमार तिरुवाको नेतृवमा अतिथि सत्कार लगायतका विषयमा उप समिति गठन गरिएको बमले बताए ।
देउडा महाेत्सवमा देउडा सम्राट नेत्रराज शाही, देउडा दोहोरी कलाकार तथा स्थानिय लयमा आधारित झोडा, माघल तथा धमारी प्रस्तुत गरिने छ ।