Loading... आजः १४ आश्विन २०७९, शुक्रबार

काेराेना भाईरस संक्रमितबाट बचेर आएका नेपाली कांग्रेसका नेता विष्टलाई कालिकाेटमा सम्मान

कालिकोट – नेपाली कांग्रेसका नेता हिक्मत विष्टलाई कालिकोटमा स्वागत तथा सम्मान गरेकाे छ । काेराेना भाईरस संक्रमित भएर मृत्यु मरणमा पुगिसकेका विष्ट सन्चाे भएर जिल्ला फर्केपछि नेपाली कांग्रेस कालिकोटले स्वागत तथा सम्मान गरेकाे हाे । स्वागत पछि नेता विष्टले आफ्नाे उपचारमा संलग्न डाक्टर ,आफन्तजन,तथा सुभचिन्तक लाई धन्यवाद दिए ।

पुर्नजन्म पाएकाे छु सवैकाे आशिर्वादले बाँचेर घर फर्किन पाएँ खुशि छु । उनले भने, उपचारकाे क्रममा अस्पतालकाे शैयामा रहदा पार्टिका नेता सभापति शेरबहादुर देउवा, गगनथापा, पुर्णबहादुर थापा लगायतका नेताले मेराे स्वास्थ्य अवस्थावारे गरेकाे सहयाेग र चासाे चिन्ता राख्नु भयाे अनि म बचेँर आए ।

काेराेना भाईरसले आफु अस्पतालकाे शैयामा मृत्यु संग संर्घष गरिरहेकाे थिए । पार्टीको अधिवेशनमा आउन सकिन ।बिरामि भएर अस्पतालमा वस्नु पर्दा मलाई मात्र बच्नु थियाे । तर, कुनै अवसर र पद प्रतिस्ठा आवश्यक थिएन । बाचेपछि सवै देख्न पाउछ, हेर्नपाउछ भन्दै आफ्नाे पार्टी अधिवेशन लाई ईंकितगर्दै भने ।

स्वागत कार्यक्रममा जिल्ला सभापति अम्मबहादुर शाही , उप सभापति मिनबहादुर बाेगटी, प्रदेश समिति सदस्य दमनबहादुर शाही , पुर्व सभापति हर्षबहादुर बम,लगायतका नेता कार्यकर्ताहरूकाे सहभागितामा पार्टि कार्यालयमा स्वागत गरिएको थियाे ।