Loading... आजः २५ मंसिर २०८१, मंगलवार

काेभिड विरूद्वकाे खाेप अभियान कालिकोटमा प्रभावकारी

कालिकोट – काेभिड विरूद्वकाे खाेप अभियान कालिकोटमा प्रभावकारी भएकाे पाईएकाे छ । मंगलबार सदरमुकाम मान्ममा किर्डाक नेपालकाे आयोजना, प्लान नेपालकाे सहयाेगमा संचालन गरिएको काेभिड १९ विरूद्वकाे खाेप सम्बन्धि समीक्षा बैठकमा ९ वटै पालिकाबाट आएकाे जानकारीमा देखिएकाे हाे ।

स्वास्थ सेवा कार्यालय कालिकोटका नि. स्वास्थ सेवा व्यवस्थापक कटक महतकाे अध्यक्षता, प्रमुख जिल्ला अधिकारी रामहरि शर्माकाे प्रमुख आतिथ्यतामा संचालन भएकाे कार्यक्रममा किर्डाक नेपालका संयाेजक तुलाराम पाण्डे,डाक्टर अप्सरा हमाल, प्रहरी प्रमुख स्वास्थ कर्मिहरूकाे सहभागिता रहेकाे थियाे

मिनबहादुर विष्टले शान्नि त्रिवेणी गाउँपालिकाबाट जानकारी गराउदै , पालिकामा १५ हजार काेभिड विरूद्वकाे खाेप लगायकाे बताए ।

अन्य संघ संस्थाहरू मध्यमा किर्डाक नेपालले महत्त्वपूर्ण सहयाेग र याेगदान रहेकाे बताएका थिए । सम्रागि उपलब्ध देखि सहजिकरण सम्म किर्डाकले महत्त्वपूर्ण सहयाेग रहेकाे पालिकाका प्रतिनिहरूकाे भनाई थियाे ।

यस्तै रास्काेट नगरपालिका बाट जानकारी गराउदै देवेन्द्र शाहीले रास्काेटमा २३ हजार बढि खाेप लगाईएकाे बताए । यस्तै नरहरिनाथ गाउँपालिकाबाट जानकारी गराउदै लक्ष्य भन्दा बढिनै खाेप लगाएकाे जानकारी गराईएकाे थियाे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले कालिकोटमा सरकार संगै विकासमा महत्त्वपूर्ण सहयाेग गरेकाे भन्दै धन्यवाद दिएका थिए ।

काेभिडमा स्वास्थ कर्मिकाे भुमिकाबारे प्रशंसा गरेका थिए । सभाअध्यक्ष कटक महतले काेभिड १९ विरूद्व सरकार संगै जुटेर सहयाेग गर्ने एस .एच .ओ. कार्यक्रम र किर्डाकलाई धन्यवाद दिएका थिए