दैलेखको साडुमा तिज गित प्रतियोगिता
दैलेख – दैलेखको साडुमा तिज गित प्रतियोगिता गरिएको छ । हरितालिका तिज २०८१ को अवसरमा तिज गित प्रतियोगिताको आयोजना गरिएको हो । संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाको आर्थिक सहयोग,महिला सशक्तिकरण मञ्च नेपालको आयोजना तथा नारायण नगरपालिका वडा नं. ९ को वडा कार्यालय र स्वास्थ्य चौकीको समन्वयनमा कार्यक्रम गरिएको हो ।
घरेलु हिंसा, बालविवाह र जातीय छुवाछुत लगायतका विषयमा सन्देशमुलक तिज गित प्रतियोगिता गरिएको हो । प्रतियोगितामा आमा समूहका सदस्यहरुले समूह बनाई आफ्नै मौलिक लयमा गित प्रस्तुत गरेका थिए । जसमा प्रथम गुराँस आमा समूह, द्धितिय मौलाडाँडा आमासमूह, तृतिय जुगेपानी आमा समूह र सान्तवना स्वास्थ्य सुधार आमासमूह भएका थिए ।
कला संस्कृति भेषभुसा र रितिरिवाजको संरक्षण संम्वद्र्धन गर्न आयोजना गरिएको महिला सशसक्तकरण मञ्चका कार्यकारी निर्देशकलक्ष्मी जिसीले बताइन् । यस्ता कार्यक्रमले गितमार्फत निकै महत्वपूर्ण सन्देश दिने भएकाले कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ । गित मार्फत जनचेतना फैलाउने उद्वेश्यका साथ कार्यक्रम काे आयाेजना गरिएकाे हाे
ई-कर्णाली खबर
१८ भाद्र २०८१, मंगलवार १२:५९