Loading... आजः २९ जेष्ठ २०८२, बिहीबार

अंग्रेजी नयाँ बर्षको अवसरमा सुर्खेतमा फुट फेस्टिवल


सुर्खेत – अंग्रेजी नयाँ बर्षको अवसरमा सुर्खेतमा फुट फेस्टिवल आयोजना गरिएको छ । सुर्खेतको शुभ होटल प्रालीले कर्णालीका रैथाने बाली तथा स्थानिय उत्पादनहरुको बजारिकरण गर्न फुट फेस्टिवलको आयोजना गरेको हो ।
शनिबारदेखी लगातार चार दिनसम्म संचालन हुने उत्सवमा लघुउद्यमी तथा साना किसानहरुले उत्पादन गरेको स्थानिय उत्पादन स्टलमा राख्नका लागि निशुल्क १५ स्टलको व्यवस्था गरिएको छ । होटल शुभका संस्थापक तथा उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले शुक्रबाट आयोजित पत्रकार सम्मेलनमा शनिबारदेखी हुने प्रदर्शनीमा स्थानिय उत्पादनको बजारिकण, कर्णालीको कला, संस्कृतिको संरक्षण गर्न सांस्कृतिक कन्सर्ट, प्रदेश सरकारका कृषि मन्त्रालय र उद्योग वन पर्यटन मन्त्रालयका मन्त्री र सचिवलाई राखेर उद्योगीहरु र व्यवसायीहरुसँग अन्तरक्रिया अगायतका कार्यक्रमहरुको तयारी गरिएको जानकारी दिए । उनका अनुसार यो उत्सव अवधिभर शुभ होटलले प्रदान गर्ने सेवाहरुको बजारिकरण गर्ने, रैथाने बालीहरुबाट बन्ने परिकारहरु निशुल्क रुपमा चखाउने, केी परिकारहरु केही प्रतिशत छुटमा बिक्रि पनि गर्ने, अन्य केही व्यपारीक स्टलहरु पनि राखेर स्थानिय उत्पादित वस्तु तथा फुट परिकारहरु प्रदर्शनी गरिनेछ ।
कार्यक्रममा शुभ होटलका अध्यक्ष एवं निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव बमले शनिबारदेखी चार दिनसम्म संचालन हुने मेलालाई आफुहरुले कर्णालीको बिजनेश एक्सफोका रुपमा लिएको बताए । उनका अनुसार यस एक्सफोले कर्णालीका रैथाने बालीहरुको उपभोग बृद्धि हुने, प्रचार प्रसार हुने, सरकारसँग साना व्यवसायी तथा किसानहरुले आफ्ना समस्या र सवाल राख्न पाउने, कर्णालीको उत्पादन बजारिकरण हुने जस्ता सकारात्मक उपलब्धिहरु हासिल हुनेछन् । उनले भने, मेलाको तीन दिन प्रवेश निशुल्क हुने छ । मेलाको अन्तिम दिन सांस्कृतिक कन्सर्ट हुने छ । जहाँ स्थानिय हुड्केदेखी चर्चित गायक दिपक लिम्बु जस्ता गायकहरुले सांस्कृति प्रस्तुति राख्नेछन् । जुन दिन ५ सयदेखी १ हजार ५ सयसम्म टिकट लिनुपर्नेछ । अध्यक्ष बमले अंग्रेजी नयाँ बर्ष उत्साहका साथ मनाउने र कर्णालीका उत्पादनहरु बजारिकण पनि गर्ने उद्देश्यले यो मेलाको आयोजना गरिएको बताए ।