Loading... आजः २९ जेष्ठ २०८२, बिहीबार

जय कंकाली माता भजन सार्वजनिक, धार्मिक शक्तिपीठ प्रवद्र्धनमा कालो कमिला समूहको पहल

चितवन – जय कंकाली माता भजन सार्वजनिक गरिएको छ । स्थानीय धार्मिक शक्तिपीठको विकास, प्रवर्तन र संरक्षण गर्ने उद्देश्यले कालो कमिला समूहद्वारा तयार पारिएको “जय कंकाली माता“ भजन सार्वजनिक गरिएको हो ।
यो भजनमा नारायण प्रसाद न्यौपानेको परिकल्पना, अनिल कुँवरका शब्द, तथा तीर्थराज पोखरेलको संगित रहेको छ । भजनमा राज सिग्देल, तीर्थराज पोखरेल, विपिन घिमिरे, राधिका भण्डारी, र शिला बिष्टको आवाज समावेस गरिएको छ । संगीत संयोजन तथा गीतकारको भूमिकामा सुबिन सेन्चुरी रहेका छन् भने मिक्सिङ तथा मास्टरिङ कुमार केसीले गरेका छन् ।
भजन फिल स्टुडियोमा रेकर्ड गरिएको हो । जसले धार्मिक आस्थाका केन्द्रहरूको प्रवद्र्धन गर्ने महत्वपूर्ण अभियानको रूपमा स्थान पाएको छ । यसअघि पनि कालो कमिला समूहले क्रिकेट वल्र्ड कपलाई लक्षित गर्दै “जय होस्, विजय होस“ गीत बजारमा ल्याएको थियो । साथै, प्रेमिल भावमा आधारित “तिम्रो मायामा“ गीतसहित विभिन्न श्रव्यदृश्य सामग्रीहरू आफ्नो कालो कमिला युट्युब च्यानलमार्फत प्रसारण गर्दै आइरहेको छ । कालो कमिला समूहले धार्मिक तथा सांस्कृतिक चेतनालाई प्रवद्र्धन गर्ने उद्देश्यले तयार पारेको यो भजनले स्थानीय तथा राष्ट्रिय स्तरमा व्यापक चर्चा पाउने अपेक्षा गरिएको छ ।