Loading... आजः ३० कार्तिक २०८२, आईतवार

एसओएस दिवसका अवसरमा सुर्खेतमा नृत्य प्रतियोगिता


सुर्खेत – अन्तर बिद्यालय स्तरीय नृत्य प्रतियोगितामा सैनिक आवासिय महाबिद्यालय प्रथम भएको छ । ३९ औँ अन्तराष्ट्रिय एसओएस दिवसका अवसरमा सुर्खेतमा आयोजित अन्तर बिद्यालय स्तरीय नृत्य प्रतियोगितमा सैनिक आवासिय महाबिद्यालय प्रथम भएको हो ।
नृत्य प्रतियोगितामा द्धित्तिय साउथ एसियन स्कलर्स एकेडेमी, तृत्तिय ब्राईड ल्याण्ड एकेडेमी र शान्त्वना चन्द्रसुर्य मावि भएका छन् । उक्त प्रतियोगितामा २० वटा बिद्यालयको सहभागिता रहेको थियो ।
एसओएस बालग्राम सुर्खेतका निर्देशक गोपालप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले एसओएस दिवसका अवसरमा शुभकामना दिदै नेपाली कला संस्कृति निकै आकर्षक र मनोरोम भएको बताए । उनले बिभिन्न बिद्यालयहरुले पुर्वी नेपालदेखी पश्चिम नेपालसम्मका लोकसंस्कृति झल्कीने नृत्यहरु प्रस्तुत गरेर नेपाली कला संस्कृतिको संरक्षणमा सहयोग पुगेकोद बताए । उनले कर्णालीको कला, लोक संस्कृति संरक्षणका लागि प्रदेश सरकारले आवश्यक सहयोग र सहकार्य गरिरहेको बताए ।
कार्यक्रममा एसओएस हर्मन माईनर बिद्यालयका प्राचार्य हरीहर बस्नेतले बालबालिकाहरुको शिक्षासँगै अतिरित्त क्रियाकलापहरुमा पनि उत्तिकै विकासका लागि एसओएस दिवसका अवसरमा अन्तर बिद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना गरेको बताए । उनले बालबालिकाहरुमा प्रभावकारी सिकाईका साथै अन्य कला, संस्कृतिको पनि ज्ञान जरुरी हुने भएकाले एसओएस बिद्यालयका साथै अन्य बिद्यालयहरुलाई पनि समेटेर बर्षेनी यस्ता कार्यक्रमहरु आयोजना गरिदै आएको बताए ।