कर्णालीमा ५४ प्रतिशत धान रोपाई
सुर्खेत – कर्णालीमा असार १७ गतेसम्म ५४ दशमलव ४६ प्रतिशत रोपाई सकिएको छ । खडेरीको कारण बर्षेनी धान रोपाई ढिलो हुने भएपनि यस बर्ष भने समयमै मनसुन आएर बर्षाहुँदा असार दोस्रो साताभित्रै ५४ दशमलव ४६ प्रतिशत रोपाई सकिएको हो ।
कृषि विकास निर्देशनालय सुर्खेतका कृषि विकास अधिकृत महेश बिष्टका अनुसार कर्णालीमा असार १७ गतेसम्मको तथ्यांक हेर्दा ५४ दशमलव ४६ प्रतिशत रोपाई सकिएको बताए । उनले भने, जिल्ला अनुसार सुर्खेतमा १४ हजार ९ सय २१ हेक्टर जमीनमा धान रोपाई हुँदै आएकोमा हालसम्म ५ हजार ८ सय ८१ दशमलव ५१ हेक्टर जमीनमा रोपाई सकिएको छ । जो कुल धान खेती हुने जमीनको ३९ प्रतिशत हो । अब ६१ प्रतिशत खेतमा धान रोपाई हुन बाँकी छ । दिनहुँ धमाधम रोपाई भईरहेको छ । यस्तै दैलेखमा कुल धान खेती हुने जमीन ७ हजार ६ सय २० हेक्टर मध्य हालसम्म ३ हजार २ सय दशमलव ४ हेक्टर जमीनमा रोपाई सकिएको छ । जो कुल धान खेती हुने जमीनको ४२ प्रतिशत रोपाई सकिएको हो । रुकुम पश्चिममा धान खेती हुने जम्मा २ हजार ८ सय ८५ हेक्टर जमीनमा २ हजार १९ दशमलव ५ हेक्टरमा रोपाई सकिएको छ । जो कुल धान खेती हुने जमीनको ७० प्रतिशत रोपाई सकिएको हो ।
यस्तै जाजरकोटमा धान खेती हुने जमीन जम्मा २ हजार ६ सय ४५ हेक्टर जमीनमा १ हजार ४ सय १ दशमलव ८५ हेक्टर जमीनमा धान खेती सकिएको छ । जो कुल खेती योग्य जमीनको ५३ प्रतिशत रोपाई सकिएको हो । सल्यानमा कुल ६ हजार १ सय ३४ हेक्टर जमीनमा धान खेती हुँदै आएकोमा हालसम्म ४ हजार ७ सय ८४ दशमलव ५२ हेक्टर जमीनमा धान रोपाई सकिएको छ । जो कुल धान खेती हुने जमीनको ७८ प्रतिशत रोपाई सकिएको छ । हिमाली जिल्ला डोल्पामा जम्मा १ सय ९८ हेक्टर जमीनमा धान खेती हुँदै आएकोमा हालसम्म १ सय ८८ दशमलव १ हेक्टर जमीनमा रोपाई सकिएको छ । जो कुल धान खेती हुने जमीनको ९५ प्रतिशत जमीनमा रोपाई सकिएको छ । मुगुमा कुल ५ सय ४४ हेक्टर जमीनमा धान खेती हुँदै आएकोमा हालसम्म ३ सय १० दशमलव ८ हेक्टर जमीनमा धान रोपाई सकिएको छ । जो कुल धान खेती हुने जमीनको ५७ प्रतिशत जमीनमा रोपाई सकिएको छ । जुम्लामा २ हजार ८ सय ९० हेक्टर जमीनमा धान खेती हुँदै आएकोमा हालसम्म २ हजार ६ सय ५८ दशमलव ८ हेक्टर जमीनमा रोपाई सकिएको छ । जो कुल धान खेती हुने जमीनको ९२ प्रतिशत जमीनमा रोपाई सकिएको छ । यस्तै कालिकोटमा जम्मा २ हजार ४ सय ६२ हेक्टर जमीनमा धान खेती हुँदै आएकोमा हालसम्म १ हजार २ सय ८० दशमलव २४ हेक्टर जमीनमा रोपाई सकिएको छ । जो कुल धान खेती हुने जमीनको ५२ प्रतिशत जमीनमा रोपाई सकिएको छ । यस्तै हुम्लामा ५ सय ८५ हेक्टर जमीनमा धान खेती हुँदै आएकोमा हालसम्म ५ सय ३८ दशमलव २ हेक्टर जमीनमा रोपाई सकिएको छ । जो कुल धान खेती हुने जमीनको ९२ प्रतिशत जमीनमा रोपाई सकिएको छ ।
यस्तै कर्णालीका १० वटै जिल्लाहरुमा जम्मा ४० हजार ८ सय ८४ हेक्टर जमीनमा धान खेती हुनेमा हालसम्म २२ हजार २ सय ६७ दशमलव २ हेक्टर जमीनमा रोपाई सकिएको छ । जुन प्रतिशतका आधारमा ५४ दशमलव ४५ प्रतिशत जमीनमा रोपाई भईसकेको छ । कृषि विकास निर्देशनालयका अनुसार कर्णाली प्रदेशमा चालु आर्थिक बर्षमा समयमै बर्षा र रोपाई भईरहेकाले गत बर्षको तुलनामा धान उत्पादन बृद्धि हुने अनुमान गरिएको छ । गत आर्थिक बर्षमा कर्णालीमा डोल्पामा ३ सय २५, मुगुमा ५ हजार २ सय ८०, हुम्लामा १ हजार १ सय ३६ दशमलव २७, जुम्लामा ५ हजार ९ सय ३०, कालिकोटमा ५ हजार ३ सय ८१ दशमलव ५, रुकुमपश्चिममा ८ हजार १ सय ४८ दशमलव ८, सल्यानमा २२ हजार ३ सय ४, जाजरकोटमा ८ हजार १ सय १०, दैलेखमा २६ हजार ४ सय ६९ दशमलव ५ र सुर्खेतमा ५२ हजार ३ सय ७७ दशमलव ८ मेट्रिक टन धान उत्पादन भएको थियो । यसरी कर्णाली प्रदेशमा गत आर्थिक बर्षमा जम्मा १ लाख ३५ हजार ४ सय ६२ दशमलव ८७ मेट्रिक टन धान उत्पादन भएको हो । चालु आर्थिक बर्षमा गत आर्थिक बर्षको तुलनामा १० प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ ।
ई-कर्णाली खबर
१८ असार २०८२, बुधबार ०७:४५