Loading... आजः १४ श्रावण २०८२, बुधबार

कर्णालीका चिकित्सकहरु पनि आन्दोलित, अस्पतालका सेवाहरु प्रभावित


सुर्खेत – नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनमा एक्यबद्धता जनाउदै कर्णालीका चिकित्सकहरु पनि आन्दोलित भएका छन् । उपभोक्ता अदालतको फैसलाविरुद्ध चरणबद्ध आन्दोलनमा रहेको नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनमा एक्यबद्धता जनाउदै कर्णाली प्रदेश स्थित प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरु आन्दोलित भएका हुन् ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. विकास केसीले आफुहरुले उपभोक्ता अदालतको फैसलाविरुद्धको आन्दोलनमा एक्यबद्धता जनाउदै २ दिनदेखी ओपिडी सेवा बस्किार गरेको बताए । उनका अनुसार चिकित्सकको आन्दोलनका कारण अस्पतालको इमरजेन्सी सेवा र आईसियु बाहेकका सेवाहरु प्रभावित भएका छन् । यस्तै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पनि इमरजेन्सी, आइसियु बाहेकका सबै सेवाहरु ठप्प छन् । प्रतिष्ठानमा कार्यरत डा.तुफानसिंह कठायतले भने, ‘चिकित्सकीय अभ्यास सम्बन्धी मुद्दामा उपभोक्ता अदालतले गरेको फैसलाले मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै त्यसका बिरुद्ध नेपाल चिकित्सक संघले सुरु गरेको आन्दोलनमा एक्यबद्धता जनाएकका हौँ । जुन आन्दोलनका कारण प्रतिष्ठानमा आस्मीक र आईसियु सेवा बाहेक सम्पुर्ण सेवाहरु बन्द भएका छन् ।’