Loading... आजः ३० कार्तिक २०८२, आईतवार

‘प्यारो कर्णाली य’ – गजलमै गुन्जीयो कर्णाली


आज एउटा कसम खाउ प्यारो कर्णाली य,
नछुट्टिने माया लाउ प्यारो कर्णाली य ।
तिम्रै काखमा मर्न पाउ प्यारो कर्णाली य ।
जब मध्यपश्चिम बिश्वबिद्यालयको केन्द्रीय कार्यालयको हलमा लोकप्रिय गजलकार रमेश सुवेदीको गजल ‘प्यारो कर्णाली य’ गजल गायक सन्तोष श्रेष्ठको स्वरमा गुन्जीयो । तब हलमा सहभागी कर्णालीका गजलप्रेमीहरुको तालीको ओहिरो खनियो । विश्वविद्यालय साहित्य समाजले आयोजना गरेको तेस्रो सिजन काव्य श्रृखला छ गजल यागन कार्यक्रममा कर्णालीको सुन्दरताको महिमा बोलेको उक्त गजलले हलमा सहभागी भएका सहभागीहरुको मन मात्र जितेन् । उनीहरु सबैलाई गजल गायकको स्वरमा स्वर मिलाउन बाध्य बनायो ।
उक्त गजलमा समेटेका गर्णालीको सम्भावना र चुनौतीहरुका साथै भ्रजिन ल्याण्डको सुन्दरता समेटेका पंक्तिहरूले त्यो गहिरो भाव र समर्पणको अभिव्यक्तिले सबैको मन जित्यो । गजलकार रमेश सुवेदीले आफ्ना शब्दहरूमा उतारेको ‘प्यारो कर्णाली य’ शब्दले मात्र स्थानको स्मरण गराएन । कर्णाली प्रतिको प्रेम, समर्पण र कर्णालीको महत्वलाई पनि बोलेको थियो । उक्त गजलिय संगित सबैको मुटुमा बिज्यो । सानैदेखी गजलमा रमाउने गजलकार रमेश सुवेदीको प्यारो कर्णाली य गजल केवल स्थानको प्रशंसा होईन, त्यो भावनात्मक बिम्ब हो । सुन्दर कर्णाली, त्यसको शीतलता, त्यसको प्रेममय चेतना, जसलाई गजलले स्पर्श गरेको छ । यो गजल सन्तोष श्रेष्ठको स्वरमा जीवन्त हुने बित्तिकै श्रोतालाई छूने सांगितिक धुन नै बन्यो । संगीतमा गजलको प्राकृतिकता, शब्दमा लयको मिठास र स्वरमा आत्मिक गहिराई मिसिएपछि कर्णप्रियता, साहित्यिक सौन्दर्य र सांगीतिक उचाइको संगम नै भयो ।
गजलकार सुवेदीसँगै महेन्द्रचन्द महासागर, ऋषि शर्मा सुदामा, धिरेन अनुपम, लिला ढकाल पोख्रेल र निराजन बिष्ट गरी ६ जना गजलकारहरुका गजलहरु क्रमश गायक तथा संगितकार सन्तोष श्रेष्ठको स्वरमा गुन्जीए । उनीहरुका गजलहहरुमा पनि माया प्रेम, सामाजिक रुपान्त्रण र कर्णलीको कला साहित्य समेटिएका थिए । विश्वविद्यालय साहित्य समाजका अध्यक्ष दिपक उपाध्यायले कर्णालीमै पहिलो पटक आयोजना गरिएको काव्य श्रृंखला छ ले कर्णालीलाई गजलमय बनाएको बताए । उनका अनुसार नेपाली साहित्यमा आफ्नो छुट्टै पहिचान बनाएको गजलले पछिल्लो समय आम मानिसहरुको रोजाई बन्ने थालेको छ । जसको परिर्णाम गजल गायन कार्यक्रममा मानिसहरुको उपस्थिति पनि निकै बढ्दै गएको छ ।
साहित्यकारहरू रमेश सुवेदी, ऋषि शर्मा ‘सुदामा’, महेन्द्र चन्द ‘महासागर’, धिरेन अनुपम, निराजन विष्ट, लिला ढकाल पोखरेल, सुवास गौतम, ज्ञानबहादुर नेपाली, सन्तोष श्रेष्ठ सम्मानित पनि भएका थिए ।