मध्यपश्चिम बिश्वबिद्यालयमा प्रथम अभ्यास अदालत प्रतियोगिता

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा प्रथम अभ्यास अदालत प्रतियोगिता सम्पन्न भएको छ । उक्त अभ्यास अदालतको इजलासमा न्यायाधीशको भूमिकामा रहनुभएका मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कूल अफ लका डीन प्रा.डा. विनोद वश्याल, परीक्षा व्यवस्थापन प्रमुख एवम् स्कूल अफ लका संस्थापक कार्यक्रम निर्देशक सह प्रा.डा. अर्जुनबहादुर अयडी र उच्च अदालत सुर्खेतका अधिकृत निशा फुयालले मूल्याङ्कन गरेका थिए ।
प्रतियोगितामा सहभागी मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ लमा अध्यनरत विद्यार्थीहरु मध्ये चार÷ चार जना रहेको ९ समूहले भाग लिएका थिए । जसमध्ये समुह १११ विजेता बनेको थियो । उपबिजेता समुह ११५ बन्यो । यसैगरी तृतीय समुह ११९ र सान्त्वना समूह १२४ बन्यो । प्रतियोगितामा उत्कृष्ट वक्ताको उपाधी सञ्जु विश्वकर्मा र उत्कृष्ट बहस नोटको उपाधी समुह १२१ ले प्राप्त गरेको थियो ।
कार्यक्रममा जिल्ला अदालत सुर्खेतका माननीय न्यायाधीश बसन्तराज जोशीको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । स्ववियु कोषाध्यक्ष लोकप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दिपेन्द्रकुमार बि.सीले गरेका थिए । कानुन बिषय पढिरहेका बिद्यार्थीहरुको सीप विकासका साथै कानुनी प्रक्रियामा कार्यसम्पादनको अभ्यास गराउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको स्ववियूले जनाएको छ ।









ई-कर्णाली खबर
१८ मंसिर २०८२, बिहीबार ०८:३९