जेनजी आन्दोलनका दोषीलाई कारबाही माग

सुर्खेत – कर्णालीका मानवअधिकारकर्मीहरुले जेनजी आन्दोलनका दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको नागरिक सम्वाद कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
मानवअधिकारबादीहरुले गत भाद्र २३ गतेको दमन, हत्या र २४ गतेको ध्वंसका जिम्मेबार व्यक्तिहरुलाई कानुनी कारबाहीको माग गर्दै उक्त घटनाको सत्यतथ्य छानबिन जरुरी रहेको बताए । कार्यक्रममा नागरिक समाजका अगुवा पिताम्बर ढकालले कानुनी शासन भएको मुलुकमा यसरी राज्यको दमन, हत्या र आन्दोलनका नाममा भएको ध्वंसलाई कुनै पनि हिसावले स्वीकार गर्न नसकिने बताए । उनले अहिलेपनि मानिसहरु भयरहित वातावरणमा बस्न नसकिरहेको बताउदै राज्यले शान्ति, सुरक्षा र मानवअधिकारको रक्षाका लागि आबश्यक वातावरण सिर्जना गर्नु पर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता नारायण कोईरालालले जेनजी आन्दोलनमा सरकारी दमन हत भन्दा बढी भएको बताए । उनले भाद्र २३ गतेको आन्दोलनमा सरकारी दमन र २४ गते मुलुकमा भएका ध्वंसका घटनाहरुमा संलग्नहरुलाई कानुनी कारबाही गर्न जरुरी रहेको बताए । उनले पछिल्लो घटनाक्रमहरुलाई हेर्दा जेनजी पुष्ताको आन्दोलनलाई नेपाली कांग्रेसले नै बढी समिक्षा गरेर अगाडी बढिरहेको बताउदै मुलुकका जिम्मेबार राजनीतिक दलहरुले आन्दोलनलाई अपमान गर्ने खालका अभिव्यक्ति दिनु राम्रो नहुने बताए ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव प्रकाश शाहीले कुनै पनि आन्दोलनका नाममा हुने मानवअधिकार हननका घटनाहरुका बिषयमा राज्यले सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने बताए । उनले आन्दोलनका नाममा नागरिकहरुको आधारभुत मानवअधिकार हनन गर्ने छुट कसैलाई पनि नरहेको बताए । त्यसका लागि राज्य र आन्दोलनरत पक्ष दुवै जिम्मेबार बन्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा नागरिक समाजका अगुवाहरु प्रेमकिरण विश्वकर्मा, टंक रिजाल, आदर्श सिंह लगायतका वक्ताहरुले नेपालमा लोतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र रहेको बताउदै मानवअधिकारको रक्षा नहुदा लोकतन्त्र नै संकटमा पर्ने अवस्था आएको बताए । उनीहरुले जेनजी आन्दोलन र त्यसबाट समाजमा परेको प्रभावलाई सकारात्मक रुपमा लिदै आन्दोलनका समयमा भएका अपराधिक क्रियाकलापहरुका बिषयमा छानबिन गरी दोषीलाई कारबाही गर्नेपर्ने बताएका थिए ।








ई-कर्णाली खबर
२४ मंसिर २०८२, बुधबार १८:४७