Loading... आजः २१ माघ २०८२, बुधबार

सरकार निर्माण व्यवसायीका समस्यामा गम्भीर देखिएन – अध्यक्ष सिंह


सुर्खेत – नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रबी सिंहले वर्तमान सरकार निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर नरहेको बताए । पुर्वाधार विकास राष्ट्र निर्माणको आधार, सबै मिली गरौँ कर्णाली प्रदेशको विकास भन्ने नाराका साथ शनिबार कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको छैटौँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष सिंहले नेपालमा सुशासन र विकासका लागि भएको जेनजी आन्दोलनको जगमा गठन भएको सरकारले पुरानै सरकारको लयमा गएको आरोप लगाए । उनले भनेर्, जेनजी आन्दोलनबाट गठन भएको सरकारले जेनजीकै भावनालाई समेट्न सकेको छैन् । यो सरकारबाट मुलुकमा सुशासन र समृद्धिका लागि फास्ट्याकबाट कामहरु हुन्छन भन्ने लागेको थियो । तर त्यसो भएन् । बरु पुरानै दलका सरकारले गरिरहेका कामहरु जस्तै गतिमा उनी कामका निरन्तरता दिएको छ ।’ उनले सरकार जेनजीको म्यान्डेट अनुसार चल्न नसकेको बताए ।
नेपालको समग्र निर्माण उद्योगकै छबि उच्च बनाउन आफुहरु लोनको भारी बोकेर घरबार गुमाएर विकास आयोजना निर्माणको कामहरु गरिरहेको बताउदै सरकारले निर्माणसँग सम्बन्धित समस्या समाधानका लागि ठोष पहल गर्नुपर्ने बताए । उनले भनेर्, हामी मुलुकको विकास र समृद्धिका लागि सरकारका सहयोगी हौँ । तर सरकारले हामीलाई ठिक व्यवहार गर्दैन् । सार्बजानिक खरिद ऐनमा भएका झमेला सुधार गर्न सरकारले चासो देखाएन् । अहिले त जिल्ला जिल्लामा कर समायोजनका नाममा कर कार्यालयबाट निर्माण व्यवसायीहरुलाई तनाव दिने काम भईरहेको छ । यसको सुधारका लागि वर्तमान सरकारका अर्थमन्त्रीसँग पहल गरिरहेको छ । सरकारले व्यवसायीलाई सास्ती निदिएर सहुलियत दिदा मुलुकको समृद्धिले गति लिनेछ ।’
अध्यक्ष केसीले कर्मचारीहरुको मिलोमतोमा इबिडिङमा ह्याकरले बिडमा कोड गरेको रकम पहिले नै थाहा पाउने अवस्थाले इमान्दार निर्माण व्यवसायीहरु मारमा परिरहेको बताए । यस्तो समस्या समाधान गर्न सरकारले इबिडिङ गर्दा हाड कपि पनि पेश गर्नुपर्ने व्यवस्था गर्न जरुरी रहेको बताउदै उनले बिषयगत मन्त्रालयका मन्त्री सहितका सरोकारवालाहरुको ध्यनाकर्षण गरिएको बताए । कर्मचारीहरुसँग साँटगाँट नगर्दा आफ्नै नाम जोडिएका धेरै ठेक्काहरु तोडिएर आफुलाई करोडौँ क्षेती भएको उनको भनाई छ ।
कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव मानव बमले सरकारले निर्माण व्यवसायीहरुलाई सास्ती दिएर मुलुकको विकास र समृद्धिको गति बढाउन नसक्ने बताए । उनले सरकारले पुजिगत खर्च बृद्धि गर्न र जनताको समृद्धिको सपना पुरा गर्न निर्माण व्यवसायीहरुलाई पनि सहयोग गर्न जरुरी रहेको बताए । कार्यक्रममा सहभागि कर्णालीका निर्माण व्यवसायीहरुले निर्माण क्षेत्रका समस्या समाधानका लागि सरकारसँग केन्द्रले नै ठोष पहल गर्नुपर्ने बताएका थिए ।