Loading... आजः २१ माघ २०८२, बुधबार

अन्तराष्ट्रिय मामिलाका सन्दर्भमा सीक्दै बिद्यार्थी


सुर्खेत – सुर्खेतमा बिद्यार्थीहरुले सयुक्त राष्ट्र संघिय महासभा बैठकको नमुना बैठक संचालन गरेका छन् । अन्तराष्ट्रिय मामिला, विश्वका जल्दाबल्दा सवालहरुका बिषयमा जानकारी लिने र नेतृत्व विकास गर्न सुर्खेतका बिद्यार्थीहरुले सयुक्त राष्ट्र संघिय महासभा बैठकको नमुना बैठक संचालन गरेका हुन् ।
विद्यालय शिक्षामा पाठ्यपुस्तकभित्र सीमित ज्ञानले मात्र आजका विद्यार्थीहरूलाई विश्वका जटिल समस्या बुझ्न र समाधान खोज्न सक्षम बनाउन नसक्ने भन्दै एसओएस हर्मन माईनर बिद्यालय सुर्खेतका प्राचार्य हरिहर बस्नेतले सुर्खेतका २ वटा सरकारी र ५ वटा संस्थागत बिद्यालय गरी ७ वटा बिद्यालयका ४२ जना बिद्यार्थीहरुको सहभागितामा सयुक्त राष्ट्र संघिय महासभा बैठकको नमुना बैठक आयोजना गरिएको बताए । उनका अनुसार मोडेल युनाईटेड नेसन मु्न कार्यक्रम विद्यार्थीहरूका लागि व्यवहारिक, अनुसन्धानमुखी र विश्वदृष्टि विकास गर्ने मबहत्वपूर्ण शैक्षिक माध्यम भएकाले पहिलो पटक अन्य बिद्यालयको पनि सहभागितामा हामीले आयोजना गरेका हौँ । यो कार्यक्रमले विद्यार्थी, शिक्षक र विद्यालय प्रशासन सबैलाई सकारात्मक रूपमा प्रभावित बनाएको छ ।
म्ुन कार्यक्रम संयुक्त राष्ट्रसंघको कार्य प्रणालीको प्रतिरूप हो । जहाँ विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिको भूमिका निर्वाह गर्दै विश्वव्यापी राजनीतिक, सामाजिक, आर्थिक तथा मानवीय मुद्दामाथि छलफल, बहस र समाधान प्रस्ताव गर्छन् । मुन कार्यक्रममा सहजिकरण गरेका शिक्षक सुस्मिता गिरीले भनिन्, विद्यालयमा आयोजित यस कार्यक्रमले कक्षाकोठामा सिकाइने सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने अवसर प्रदान गरेको छ । उनका अनुसार मुन कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता देख्दा उनीहरूको सोच्ने तरिका, प्रस्तुतिकरण क्षमता र नेतृत्व सीपमा उल्लेखनीय सकारात्मक परिवर्तन देखिएको छ । विद्यार्थीहरू आत्मविश्वासका साथ आफ्ना विचार प्रस्तुत गरेका छन् । अनुसन्धान गरेर बोल्ने बानीको विकास हुनुका साथै उनीहरू विश्व राजनीतिप्रति सचेत र जिम्मेवार रुपमा प्रस्तुत भएका छन् । उनका अनुसार यो कार्यक्रमले विद्यार्थीलाई केवल सुन्ने, लेख्ने सीमाभन्दा बाहिर निकालेर विश्लेषण गर्ने, तर्क गर्ने र समाधान खोज्ने क्षमताको विकास गराउँने छ ।
कार्यक्रमको तयारीकै क्रममा विद्यार्थीहरूले विभिन्न देशको अवस्था, नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र वर्तमान विश्व समस्याबारे गहिरो अध्ययन गरे । यसले उनीहरूलाई अनुसन्धानमुखी बनाएको मात्र होइन, सूचना छनोट गर्ने, तथ्य विश्लेषण गर्ने र निष्कर्ष निकाल्ने सीप पनि विकास गराएको बिद्यालयका सहायक प्राचार्य गंगराम खड्काले बताए । उनका अनुसार कक्षाकोठामा सीमित ज्ञानभन्दा बाहिर निस्केर व्यवहारिक सिकाइ प्रदान गर्ने भएकाले आजका विद्यार्थीहरूका लागि मुन कार्यक्रम अत्यन्त आवश्यक छ । विद्यार्थीहरूको उत्साह, जोश र सक्रिय सहभागिता देखेर म अत्यन्त खुसी भएको उनले बताए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरू पनि मुनलाई जीवन परिवर्तन गर्ने अनुभवका रूपमा लिएको बताए । कार्यक्रममा सहभागि एसओएस हर्मन माईनर बिद्यालयमा कक्षा ११ दमा अधयायनरत धारणा धमालाले मुन कार्यक्रमलले बोल्ने डर हटाउनुका साथै नेतृत्व गर्न सक्ने आत्मबल दिएको बताईन् । उनका अनुसार मुन कार्यक्रमबाट समूहमा काम गर्ने, फरक विचारलाई सम्मान गर्ने र कूटनीतिक तरिकाले समस्या समाधान गर्ने सीप विकास भएको छ । कार्यक्रममा सहभागी अन्य बिद्यार्थीहरुले पनि यो कार्यक्रमले विद्यार्थीहरूलाई विश्व नागरिकका रूपमा सोच्न प्रेरित गरेको बताउछन् । उनीहरुका अनुसार जलवायु परिवर्तन, मानव अधिकार, युद्ध, शरणार्थी समस्या, गरिबी जस्ता विषयमा छलफल गरिएको थियो । यसले भविष्यका लागि सक्षम नेता, कूटनीतिज्ञ र जिम्मेवार नागरिक उत्पादन गर्न सहयोग पु¥याउने विश्वास बिद्यालयका अभिभावक भरतराज बिष्टले बताए ।