सरकार र संयोजक प्रसाईबीच २७ बुँदे सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । सरकार र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईबीचको वार्ता सकिएको छ ।
सिंहदरबारमा भएको वार्तामा प्रसाईको समूहले राखेका २७ बुँदे माग र सवालमा सरकारको तर्फबाट सञ्चारमन्त्री जगदीश खरेल–महाअभियानका संयोजक प्रसाईले हस्ताक्षर गरेका हुन् । दुई पक्षकोबीचमा हस्ताक्षर भएको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस सल्लाहकार राम रावलले बताए ।
सरकारको तर्फबाट वार्ता समितिका संयोजक समेत रहेका मन्क्री खरेलले २७ बुँदे माग र सवालहरूमा हस्ताक्षर गरेका छन् । संयोजक प्रसाईले यसअघि आफ्ना माग पूरा नभएको भन्दै आगामी फागुन १ गतेदेखि आन्दोलन घोषणा गरेका थिए । शुक्रबार दिउँसोदेखि शुरु भएको वार्तामा प्रधानमन्त्री कार्की र संयोजक प्रसाईबीच छलफल भएको हो ।









ई-कर्णाली खबर
२ माघ २०८२, शुक्रबार २१:४१