यी हुन् कर्णालीका उम्मेदवार

सुर्खेत- कर्णाली प्रदेशका १० जिल्लाका १२ वटा निर्वाचन क्षेत्रमा १३८ जनाको उम्मेदवारी परेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र गरी १३८ जनाको उम्मेदवारी परेको हो। २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच भएको बाम गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा भएको थियो। जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाही बाहेक अन्य ११ वटा निर्वाचन क्षेत्रमा गठनबन्धनका उम्मेदवारहरु विजयी भएका थिए।
आगामी निवार्चनमा कर्णाली प्रदेशका १२ वटा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।
सुर्खेत–१ मा १३ उम्मेदवार
सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्काका भाइ विष्णु खड्का, नेकपा एमालेबाट पुर्व प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाही र नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट जीतबहादुर रानाको मनोनयन दर्ता भएको छ।
साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टेकबहादुर सिंह ठकुरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रविकिरण हमाल, नेपाल मजदुर किसान पार्टीबाट गजबहादुर खप्तडी, नेकपा माओवादीबाट हिरु शाही, राष्ट्रिय जनमोर्चाबाट मोहन थापा, श्रम संस्कृति पार्टीबाट वीरबहादुर राना, आम जनता पार्टीबाट रेशम सेञ्चुरी, जनता समाजवादी पार्टी नेपालबाट धनसिंह सार्की, उज्यालो नेपाल पार्टीबाट पुर्व प्रदेशसभा सदस्य ठम्मरबहादुर विष्ट र मितेरी नेपालबाट प्रकाश बुढा मगरले उम्मेदवारी दर्ता गराएका छन्।
सबै भन्दा बढी उम्मेदवार सुर्खेत–२ मा
यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ बाट १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा नेपाली काँग्रेसबाट नारायण कोइराला, नेकमा एमालेबाट कुलमणी देवकोटा, नेपाली कम्युष्टि पार्टी नेकपाबाट झकबहादुर मल्ल र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट रमेशकुमार सापकोटाले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, नेत्रबिक्रम चन्द्र विल्लव नेतृत्वको नेकपा माओवादीबाट र्धराज देवकोटा, प्रगतिशिल लोकतान्त्रीक पार्टीबाट पवन थापामगर, राष्ट्रिय जनमोर्चाबाट पूर्णबहादुर शाही, नेकपा संयुक्तबाट प्रेमबहादुर तारामीमगर, श्रम संस्कृति पार्टीबाट राजेन्द्र रायमाझी, नेपाल जनसेवा पार्टीबाट हृदयचन्द्र अधिकारी, राप्रपाबाट कविराम पुरी, उज्यालोपार्टी नेपालबाट गम्भीर सिंह भुल, नेपाल मजदुर पार्टीबाट तुल्सी खड्का, जनता समाजवादी पार्टी नेपालबाट दिपबहादुर नेपालीको उम्मेदवारी परेको छ।
साथै यस क्षेत्रबाट उदिराम चुनारा, कृष्ण खत्री र रमेश परियारले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
दैलेख–१ मा १० उम्मेदवार
प्रतिनिधिसभा सदस्य दैलेख निर्वाचन क्षेत्र नम्बर–१ बाट एक स्वतन्त्र सहित १० जनाको उम्मेदवारी परेको छ। जसमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट, अम्मरबहादुर थापा, नेपाल मजदुर किसान पार्टी जगतबहादुर ओली, रास्वपाबाट नन्दकिशोर बस्नेत, राष्ट्रिय जनमोर्चाबाट नरबहादुर सिंह, नेपाली काङ्ग्रेसकी बासना थापा, आम जनता पार्टीबाट मेनका श्रेष्ठ, राप्रपाबाट रणबहादुर सिंह, नेकपा एमालेबाट रविन्द्रराज शर्मा, नेकपा माओवादीबाट रामलाल बिश्वकर्मा र स्वतन्त्रबाट लोगबहादुर बोगटीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।
दैलेख निर्वाचन क्षेत्र नम्बर–२
दैलेख निर्वाचन क्षेत्र नंं २ मा २ जना स्वतन्त्र र ९ जना राजनैतिक दलका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन। जस अनुसार नेपाली काँग्रेसबाट दिक्पालकुमार शाही, नेकपा एमालेका लक्ष्मीप्रसाद पोख्रेल, नेकपाबाट योगेन्द्र शाही, नेपाल मजदुर किसान पार्टीबाट बखतबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बखतबहादुर शाही, राष्ट्रिय जनमोर्चाबाट कमल बहादुर बरै मगर, राप्रपाबाट बबिताकुमारी शाही, नेकपा माओवादी (विप्लव) ः कलम सिंह, आम जनता पार्टी ः तिर्थाकुमारी बंशी मगर विक, स्वतन्त्रमा लालबहादुर कठायत र हिमबहादुर शाहीको उम्मेदवारी परेको छ।
कालिकोटमा नेकपा उम्मेदवारी विरुद्ध बुढा बागी
यस्तै, कालीकोटबाट प्रतिनिधिसभा निर्वाचनकालागि १४ जनाको उम्मेदवारी परेको छ। जसमा नेकपा एमालेका नगिन्द्र शाही नेसनल, कांग्रेसका हर्षबहादुर बम, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपाने, प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मराज न्यौपाने, राप्रपाका सूर्यबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाही उम्मेदवारी दिएका छन्।
यस्तै, राष्ट्रिय जनमोर्चाका अजयबहादुर गिरी, नेपाली कम्युनिस्ट पार्टीबाट पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, देशभक्त पार्टीबाट प्रेमसिंह तिरुवा, स्वतन्त्रमा नेकपाका नेता जीवन बुढा, नेपाली काँग्रेसका नेता भुपेन्द्रजंग शाही, मानबहादुर तिरुवा र अस्मिनकुमार विष्टको उम्मेदवारी परेको छ।
जुम्ला
जुम्लामा एक स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गरेका छन्। नेकपा एमालेबाट शान्तिलाल महत, नेपाली काङ्ग्रेसबाट दीप बहादुर शाही, नेकपाबाट पुर्व सांसद नरेश भण्डारी, रास्वपाबाट बिनिता कठायत र राप्रपाका ज्ञानबहादुर शाहीले उम्मेदवारी दर्ता गरेका हुन्।
यस्तै नेमकिपाबाट विर्खबहादुर रावत, प्रलोपाबाट मनऋषि धिताल नेजपाका रनिल बिक्रम शाही, नेकपा (माओवादी)बाट बिर्खबहादुर शाही र स्वतन्त्रबाट भक्तबहादुर रावलले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ।
हुम्ला
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन कार्यतालिकाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट छक्क बुढा, नेकपा एमालेबाट दल फडेरा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट डा. दिपेन्द्र रोकाया, नेकपा (माओवादी)बाट कुम्भ बुढा (निर्माण सी), नेपाली कांग्रेसबाट जयपति रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टासी ल्हाजोम लामा, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट जटिल कार्की र मितेरी नेपाल पार्टीबाट जयबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन्।
मुगु
प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मुगुमा ७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मुगुमा नेपाली कांग्रेसबाट खडकबहादुर शाही, नेकपा एमालेबाट पूर्णबहादुर रोकाया, नेपाली कम्युनिस्ट पार्टीबाट चन्दबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुवन टमटाले मनोनयन दर्ता गराएका हुन् । यसैगरी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका संगम परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलबहादुर मल्ल, प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन कार्यालय मुगुले जनाएको छ ।
डोल्पामा ९ जनाको उम्मेदवारी
डोल्पामा नेकपाका धनबहादुर बुढा र कांग्रेसका कर्णबहादुर बुढाबीच मुख्य भिडन्त हुने देखिन्छ । जाजरकोटमा नेकपाका शक्तिबहादुर बस्नेत , कांग्रेसका खड्कबहादुर बुढा र एमालेबाट डम्बरबहादुर सिंह सहित ११ जना मैदानमा छन् । यस्तै, सल्यानमा १६ जना उम्मेदवार हुँदा एमालेका गुलाबजंग शाह र नेकपाका रमेशकुमार मल्लबीचको प्रतिस्पर्धा मुख्य आकर्षण बनेको छ।
रुकुम
रुकुम पश्चिममा १२ जनाको उम्मेदवारी परेको छ । जिल्लामा दलका तर्फबाट मात्र उम्मेदवारी परेको छ । स्वतन्त्रबाट भने कसैको उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी दर्ता गराउनेमा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट जनार्दन शर्मा प्रभाकर सहित राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा अनल, नेपाल मजदुर किसान पार्टीका धनबहादुर बिक, नेकपा एमालेका नन्दराम देवकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट मानबहादुर शाही, नेपाली काँग्रेसबाट राजु केसी, नेकपा माओवादीबाट चन्द्र बुढा, नेकपा संयुक्तबाट शेरबहादुर केसी, उज्यालो नेपाल पार्टीबाट नरेन्द्र केसी र आम जनता पार्टीबाट प्रेमा दमाई नेपालीको उम्मेदवारी परेको छ । यहाँ प्रलोपाका तर्फबाट जनार्दन शर्मा, नेकपाका गोपाल शर्मा र एमालेका नन्दराम देवकोटाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
सल्यान
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सल्यानमा १६ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्थापित पुराना राजनीतिक दल, नयाँ दल तथा स्वतन्त्र उम्मेदवार गरी १६ जनाले मनोनयन दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसबाट जिल्ला सभापति केशबहादुर विष्ट, नेकपा एमालेबाट कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बाट रमेशकुमार मल्ल उम्मेदवार बनेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट ललितकुमार चन्द, नेकपा ९माओवादी०बाट चन्द्रबहादुर खड्का तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली चुनावी प्रतिस्पर्धामा छन् ।
यसैगरी नेपाल मजदुर किसान पार्टीबाट लालबहादुर थापा, नेशनल रिपब्लिक नेपालबाट डिल्लीबहादुर घर्ती, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोषकुमार राई, आम जनता पार्टीबाट मानसिंह कामी र स्वतन्त्र नागरिक पार्टीबाट कालिदास विक उम्मेदवार बनेका छन् ।
राष्ट्रिय जनमोर्चाबाट कमला डाँगी, मंगोल नेशनल अर्गनाइजेशनबाट बाँलसिंह घर्ती र श्रम संस्कृति पार्टीबाट धनबहादुर बुढा मगरले पनि उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रतर्फबाट ध्रुवराज वली र जुद्धबहादुर सिंह चुनावी मैदानमा उत्रिएका छन् ।









ई-कर्णाली खबर
८ माघ २०८२, बिहीबार ०६:४७