सरस्वती पूजाको अवसरमा सुर्खेत महिला जेसिजले गर्यो शैक्षिक सामग्री हस्तान्तरण

सुर्खेत- सरस्वती पूजाको अवसर पारेर सुर्खेत महिला जेसिज बर्ष २०२६ को आयोजनामा वीरेन्द्रनगर नगरपालिका–१०, बेलघारीस्थित मदरसा मदिना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।
कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई कापी, कलम, पुस्तकलगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो । शिक्षा नै उज्यालो भविष्यको आधार हो भन्ने मूल उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रमले विद्यार्थीहरूको मनोबल वृद्धि गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न शाक्य ट्रेडर्स, हाम्रो पुस्तक पसल, नव बिहानी बुक्स एन्ड अर्डर सप्लायर्स, न्यू प्रभात स्टेसनरी तथा सुर्खेत महिला जेसिज बर्ष २०२६ को उल्लेखनीय सहयोग रहेको थियो ।
सुर्खेत महिला जेसिजले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता शैक्षिक तथा सामाजिक कार्यलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण सहयोगी तथा सहभागिहरूप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।









ई-कर्णाली खबर
९ माघ २०८२, शुक्रबार ११:४२