कालिकाेटमा मर्यादित महिनावारी दिवस मनाईयाे
कालिकाेट । जिल्लामा दाेस्राे मर्यादित महिनावारी दिवस मनाईएकाे छ ।
सामाजिक सेवा केन्द्रकाे महिला तथा बालबालिका केन्द्र कालिकाेटकाे अायाेजना, भिडिसेफ नेपाल, किर्डाक नेपाल, हुरेण्डेक नेपाल लगायतका गैरसरकारी निकायकाे समन्वयमा जिल्लामा दाेस्राे मर्यादित महिनावारी दिवस मनाईएकाे हाे ।

कार्यक्रममा साेसेक नेपालकाे महिला तथा बालबालिका केन्द्रका प्रमुख संगिता वलीले मर्यादित महिनावरी तथा यसले महिलाहरुमा पार्ने प्रभावका बिषयमा सहजिकरण गर्दै मर्यादित महिनावारी नहुँदा महिलाहरु विभिन्न हिंसाका सिकार हुनु परेकाे बताईन । उनले गाउमा अझै पनि धार्मिक अन्धबिश्वास र परम्परालाई निरन्तरता दिने गरेकाे बताउदै यसले माैलिक अधिकारकाे पनि हनन् गरेकाे दाबी गरिन ।
कार्यक्रममा खाडाचक्र नगरपालिका उपप्रमुख बिजया बिष्टले बिगतकाे तुलनामा घट्दाे क्रममा रहेकाे बताईन । उनले मर्यादित महिनावारी तथा छाउपडी प्रथाकाे अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकायकाे सामुहिक अभियानकाे खाँचाे रहेकाे अाैल्याईन ।
कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख महेशदत्त देवकाेटाले बिद्यालयमा महिनावारी व्यवस्थापनमा सुधार अाएकाे बताउदै किशाेरीहरुलाई टाउका गनेर सेनेरिप्याड व्यवस्थापनका लागि बजेट नै उपलब्ध हुने गरेकाे बताए ।
कार्यक्रममा नेपाल पत्रकार महाँसंघ प्रदेश सदस्य, बिस्नप्रसाद न्याैपाने, जिल्ला अध्यक्ष तुलाराम पाण्डे, भिडिसेफ नेपालका व्यवस्थापक राजेन्द्र सहकारी, हुरेण्डेक नेपालका उपाध्यक्ष बिरेन्द्र बुढा लगायतका सराेकारवालाहरुले मर्यादित महिनावारी व्वस्थापनका लागि राज्यले प्रयाप्त कानुनि व्यवस्था गरेपनि कार्यन्वयन पक्ष कम्जाेर रहेकाे बताए ।
कार्यक्रममा जिल्लाका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु, नागरिक समाजका अगुवा लगायतका सराेकारवालाहरुकाे उपस्थिति रहेकाे थियाे ।









ई-कर्णाली खबर
२३ मंसिर २०७७, मंगलवार १२:४८