ठेकेदारको लाप्रबाहीका कारण कालिकोटमा राष्टिय प्रशारण लाईन बिस्तार गर्न ढिलाई
कालिकोट । ठेकेदारको चरम लाप्रबाहीका कारण कालिकोटमा बिद्युतको राष्टिय प्रशारण लाईन पुग्न ढिलाई भएको छ । जिल्लामा रहेको पोत्मारा साना जलबिद्युत आयोजनाको बाध गत साउनमा आएको बाढीले बगाएपछि जिल्लामा बिद्युत सेवा अबरुद्ध छ । हाल नेपाल बिद्युत प्राधिकरणले डिजेल प्लान्टको व्यवस्था गरी दिनमा तीन घण्टा बिद्युत सेवा दिन थालेको छ । चार बर्ष पहिलेदेखी जिल्लामा बिस्तार गर्न थालिएको राष्टिय प्रशारण लाईनको काम लथालिंग अवस्थामा छ ।
पोत्मारा साना जलबिद्युत आयोजना हरेक बर्षायाममा अबरुद्ध हुने भएपछि २०७३ सालमा जिल्लामा ३३ केभीको राष्टिय प्रशारण लाईन बिस्तार गर्न १२ करोडको ठेक्का भयो । उक्त ठेक्का त्रिपुरेश्वर जय दुर्गे जेभीलाई प¥यो । कामको अवस्था अनुगमन गर्दै कालिकोट आएका नेपाल बिद्युत प्राधिकरणका कर्णाली प्रदेश कार्यालयका निर्देशक सुरेन्द्रप्रसाद अग्रहरीले भने, कालिकोटमा राष्टिय प्रशारण लाईन बिस्तारको काम ठेकेदारको लाप्रबाहीका कारण ढिलाई भएको छ । हालसम्म ८० प्रतिशत काम भईसकेको छ । २० प्रतिशत मात्र काम बाकी छ । तर ठेकेदारको अकर्मण्यताका कारण हाल काम बन्द छ । दैलेखदेखी कालिकोटसम्म बिद्युतका पोलहरु ठोक्ने काम भईसकेको छ । करीव १२ किलोमिटर तार तान्ने काम पनि भएको छ । अब करीव ४० किलोमिटर तार तान्ने काम बाँकी छ । ठेकेदारले नियमित काम गरिदिनेहो भने डेड महिना भित्र कालिकोटमा राष्टिय प्रशारण लाईनबाट बिद्युत सेवा पुग्छ ।
उनले भने, हाल लाईन बिस्तारको ठेक्का लिएको त्रिपुरेश्वर जय दुर्गे जेभीका प्रोप्राईटर राकेश अग्रवालले फोन समेत उठाउदैनन् । उनी कार्यलयको सम्पर्कमा छैनन् । बाराम्बार पत्र लेखियो । फोन गरियो । तर ठेकेदारको पक्षबाट कुनै प्रतिक्रिया आएको छैन् । कालिकोटका साथै देशभर नेपाल बिद्युत प्राधिकरणकै ७८ वटा ठेक्का त्रिपुरेश्वर जय दुर्गे जेभीका छन् । सबै ठेक्काहरुमा यस्तै लाप्रबाही छ । कालिकोटमा राष्टिय प्रशारण लाईन बिस्तार गर्ने काम ठेकेदारले २०७६ सालको चैत महिनामै सम्पन्न गर्नुपर्ने थियो । अब बिद्युत प्राधिकरणको उच्च तहमा यसका बिषयमा छलफल गरेर अगाडी बढ्ने योजना छ । जिल्लामा रहेको पोत्मारा साना जलबिद्युत आयोजनाको पुन निर्माणका लागि पनि ठेक्का प्रक्रिया अगाडी बढाईएको छ । तर पोत्मारा साना जलबिद्युत आयोजना संचालन गर्न समय लाग्छ ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जिल्लामा नियमित बिद्युत सेवा नहुँदा सेवा प्रबाहमा निकै असहज भएको बताए । उनले जिल्लामा जोडीन लागेको राष्टिय प्रशारण लाईनको काम जति सक्दो छिटो गरेर बिद्युत सेवा संचालन गर्न पहल गरिदिन आग्रह गरे । उनले भने, हाल जिल्लामा बिद्युत सेवा नियमित नहुँदा सार्बजानिक सेवा प्रबाहका साथै स्थानिय नागरिकको दैनिकीलाई नै प्रभावित बनाएको छ । ठेकेदारलाई छिटो काम गराउनका लागि सबै निकायबाट पहल गरौँ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्बपक्षिय छलफलमा जिल्ला समन्वय समितिका प्रमूख अनीपाल शाही, नेपाली कांग्रेसका नेता हिक्मत बिष्ट, नेकपाका नेता रमेश शाही, राप्रपाका नेता लालबहादुर मल्ल लगायतका राजनीतिक दलका नेता तथा नागरिक समाजका अगुवाहरुले कालिकोटमा राष्टिय प्रशारण लाईन बिस्तार गर्ने काम छिटो सम्पन्न गराउन निर्णयक पहल गर्न नेपाल बिद्युत प्राधिकरणका क्षेत्रीय निर्देशक अग्रहरीलाई आग्रह गरे ।









ई-कर्णाली खबर
२४ मंसिर २०७७, बुधबार ११:१७