Loading... आजः २४ मंसिर २०८२, बुधबार

तिब्रिकाेट मिडियाले पायो सञ्चालन अनुमति पत्र

कालिकाेटकाे : / कालिकाेट जिल्लाकाे सदरमुकाम मान्ममा सञ्चालन गर्ने गरी वुधबार तिब्रिकाेट मिडिया प्रालि द्वारा संचालित अनलाइन न्युज खवर ( onlinenewskhabar.com) ले सम्बन्धित निकायबाट सञ्चालन अनुमति पाएकाे छ ।

 

मान्म – १ मा सञ्चालित अनलाईन न्युज खवरले याे भन्दा अगाढि समचार सन्देश प्रकासन गरेपनि आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएकाे हाे ।

 

करिव ६ वर्ष सामुदायिक रेडियो चंखेलि एफ एम कालिकाेटमै समचार प्रमुखकाे रूपमा काम गर्दै , राजधानी राष्ट्रिय दैनिक कालिकाेट बाट समचारदाताकाे रूपमा काम गर्दै अाईरहेका विश्वनाथ सिम्खाडा संचालक समितिकाे अध्यक्ष रहेकाे मिडिया मा हिक्मत सिम्खाडा, सम्पादक रहेका छन ।

 

खाेज पत्रकारिताकाे अभियानमा रहेर संचालन गरेकाे याे मिडियाले विभिन्न क्षेत्रका जाेखिम माेलेर समचार सम्प्रेषण गर्दै अाईरहेकाे थियो । याे मिडिया हाउस सूचना तथा प्रशारण विभाग र प्रेस काउन्सिलमा आज नै दर्ता गरिएका हुन ।

 

सञ्चार क्षेत्रमा बढदो प्रविधिको उच्चतम सदुपयोग गर्दै यस क्षेत्रको विकासमा योगदान दिन समयको माग अनुसार अनलाइन मिडिया सञ्चालन गर्नुपरेको अध्यक्ष सिम्खाडाकाे प्रतिक्रिया छ ।