लैङ्गिक हिंसा बिरुद्धको १६दिने अभियान सम्पन्न
कालिकोट “लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्घता ब्यक्ति समाज र सबैको एक्यवद्धता” भन्ने मुलनारका साथ १६दिने अभियान सम्पन्न भयको छ ।

खाडाचक्र नगर पालिकाको आयोजनामा ७२औ अन्तरास्ट्रिय मानव अधिकार दिवस तथा १२औ मानव अधिकार राष्ट्रिय भेलाको सन्दर्भमा आयोजित बृहत ऐक्यवद्धता र्याली तथा समापन समारोह कार्यक्रममा प्रमुख अथिती प्रदेश सांसद कुर्मराज शाही,नगरपालिका प्रमुख जसिप्रसाद पाण्डे नगरपालिका उप प्रमुख बिजया बिष्ट पत्रकार महा संङ कालिकोटका अध्यक्ष तुलराम पण्डे नागरिक समाजका हिक्मत बिष्ट ,कानुन ब्यावसाई दमन शाही मुक्ती प्रसाद न्यौपाने पत्रकार लगाएतको उपस्थीतीमा कार्यक्रम सम्पन्न भयको हो ।
लैङ्गिक हिंसा बिरुद्धको १६दिने अभियानको सोसेक नेपाल,सहक्र्रर्मी समाज, किडाक नेपाल, इन्सेक नेपाल हुरेन्डेक नेपाल लगायतका संथाले सहजिकरण रहेका थिए ।

अथिती प्रदेश सांसद कुर्मराज शाहीले समाजमा घटेका बिभिन्न घटना धार्मिक मान्यता र रिति रीवाजले घटनाहरु बढेको हुदा लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता ,व्याक्ति समाजले सुरु गनु पर्ने बताउँनु भयो । लैङ्गिक हिंसा बिरुद्धको अभियान प्रत्यक स्थानिय तहका टोल स्तरमा संचालन गर्न आवश्यक भएको उहाँको भनाई छ ।









ई-कर्णाली खबर
२५ मंसिर २०७७, बिहीबार १२:५२