Loading... आजः २४ मंसिर २०८२, बुधबार

कालिकोटमा प्रधानमन्त्री ओलीको राजिनामा माग

 बिस्नप्रसाद न्याैपाने । कालिकाेट । नेपाली काँग्रेस कालिकाेटले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेकाे छ । बर्तमान सरकारका बिरुद्वमा नेपाली काँग्रेस कालिकाेटले आयाेजना गरेकाे बिराेध सभामा प्रधानमन्त्री ओलीको राजिनामा माग गरेकाे हाे ।

नेपाली काँग्रेस कालिकाेटका सभापती हर्षबहादुर बमकाे सभापतीत्व तथा नेपाली काँग्रेसका युवा नेता, नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा काँग्रेस नेताहरुले भ्रष्टाचारी, बलात्कारी र दलालीहरुकाे संरक्षणमा लागेकाे आराेप लगाए ।

कार्यक्रममा २०७४ सालमा भएकाे प्रतिनिधि सभा निर्बाचनमा उम्मेद्वार समेत रहेका काँग्रेस नेता शाहीले मुलुक भ्रष्टाचारमा लिप्त भएकाे दाबी गरे । उनले दुई तिहाईकाे सरकार भ्रष्टचारमा पनि दुई तिहाई देखाएकाे आराेप लगाए । कार्यक्रममा काँग्रेस नेताहरु मुक्तिप्रसाद न्याैपाने, माेतिराज बम, हिक्मत बिष्ट, टेकराज शाही, संकरप्रसाद उपाध्याय, दमन शाही, अम्बबहादुर शाही, मीन बहादुर बाेगटी, मनराज शाही, लक्ष्मी शाही, नन्दबहादुर शाही, निलाे तिरुवा, नेपाल प्रेस युनियन कालिकाेटका अध्यक्ष बिष्णु न्याैपाने, महिला संघका अध्यक्ष भद्रा शाही लगायतका वक्ताहरुले प्रधानमन्त्री ओलीले नैतिक्ताकाे आधारमा राजिनामा दिनुपर्ने बताए । उनीहरुले कालिकाेटबाट जितेका सांसदहरु पनि कमिशखाेरी भएकाे दाबी गरेका थिए ।

काँग्रेस नेता तथा कार्यकर्ताहरुले भ्रष्टाचारी सरकार राजिनामा दे, बलात्कारी, भ्रष्टाचारीलाई कारबाही गर, अभिव्यक्ति स्वतन्त्रताकाे सुनिश्चित गर, दुई तिहाईकाे पाराले, दुख पाए साराले जस्ता नाराबाजी सहित मान्म बजारमा प्रदर्शन समेत गरेका थिए ।