Loading... आजः २४ मंसिर २०८२, बुधबार

वाढी तथा पहिरो पिडितलाई खाद्यान्न सहयोग

कालीकोट समाचारदाता कालीकोट, पुस २ गते । जिल्लाको शुभकालिका गाउँपालिकाले वाढी तथा पहिरो पिडित परिवारलाई खाद्यान्न सहयोग प्रदान गरेको छ । गाउँ नै पहिरोको उच्च जोखिममा रहेको वडा नं आठका ८३ घर परिवारका चार सय ४३ परिवारका सदस्यलाई छ सय वोरा चामल प्रदान गरिएको छ ।

गाउँ नै छोड्नु पर्ने र खाद्यान्न आपुर्ती सहयोगवाटै गर्नु पर्ने परिवारलाई गाउँपालिकाले एकै पटक छ सय वोरा चामल दिएको हो । गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले हिउँदको समयमा अन्य कुनै पनि काम नहुने र छाक टार्नका लागि समस्या भएकाले एक मुस्ट खाद्यान्न सहयोग गरेको वताउनुभयो ।


अध्यक्ष चौलागाईले कुनै योजना सञ्चालनमा आएको भए काम गरेर भएपनि परिवारका सदस्यको हातमुख जोड्न सक्थे । अहिले कुनै योजनाको काम पनि सुरु नभएको र चिसो पनि भएकाले काम गर्न कठिन भएकाले वाढी पिडित परिवारको चुलो वाल्नका लागि चामल, दाल, नुन लगाएका खाद्यन्न वस्तु वितरण गरेको वताउनुभयो ।

वाढी पिडितलाई पटक पटक गाउँपालिकाले सहयोग गदै आएको छ । बिद्यालय जाने बिद्यार्थीलाई पाठ्पुस्तकको सहयोग स्थानीय सरकारकै आग्रहमा गैरसरकारी संस्था किर्डाक नेपालले सहयोग गरिरहेको छ भने परिवारलाई खाद्यान्न सहयोग गाउँपालिकाले गरिरहेको छ । उनिहरुको वस्ती स्थानान्तत्ररणका लागि पनि गत वर्षवाट पहल भएको तर कुन ठाउँमा राख्ने भन्ने एकिन हुन नसकेको वताउनुभयो ।