कैदिबन्दि भेट्न निषेध युवानेता शाहीलाई
नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले जिल्ला कारागार कालिकोटमा रहेका कैदिबन्दिहरुलाई भेटघाट गर्न जाँदा भेटघाटै गर्न नपाई बाहिरि गेटबाटै फर्किएका छन् । जिल्ला कारागार कालिकोटमा रहेका करिव ६५ जना कैदिबन्दिहरुलाई फलफुल लिएर भेट्न जाँदा जिल्ला काराघर कालिकोटको बाहिरि गेटबाटै सुरक्षा निकायका प्रमुख र चौकिदार मार्फत फलफुल पठाएका हुन् ।

जिल्ला कारागार कालिकोटले कोभिड १९ को उच्च जोखिमबाट कारागारमा रहेका कैदिबन्दिहरुलाई बचाउने उद्धेश्यले गृहको परिपत्र अनुसार कसैलाई पनि भेटघाट गर्न नदिएको प्रहरि साहायक निरिक्षक रमेश महताराले बताए । युवा नेता भुपेन्द्रजंग शाही लगाएतको टोलिले बाहिरि गेटबाटै कैदिवन्दिहरुको नाममा फलफुल पठाई कारागारको माथिल्लो भाग करिव ५ सय मिटर माथि पर्खाल बाहिरबाटै हात हल्लाउदै कैदिबन्दिहरु सँग भेटघाट गरे जस्तो गरि चित्त बुझाउदै फर्केको टोलिमा सामेल बिधार्थि नेता जगत बिष्टले सुनाए । नेकपाको सरकारका पाला आफन्तहरुले कारागारमा रहेका कैदिबन्दिहरुलाई भेट्न सम्म नपाउनु भनेको लोकतान्न्त्रिक शाषन नभई तानाशाही शासन भएको आफुले महशुष गरेको सुनाए ।
कैदिबन्दिहरुको आफुलाई पटक पटक भेट्न आउनु पर्यो भन्ने माग अनुसार आफु खालि हातमा नआई केहि फलफुल ल्याएर आएपनि उनिहरु सँग भेटघाट गर्न नपाएको भन्दै शाहीले चित्त दुखाएका छन् । सरकारको तर्फबाट गाउ गाउमा ठुला ठुला भेला भैरहेकै छन्, प्रतिपक्क्षले सरकारका बिरुद्ध सडकमा नाराजुलुस गरिरहेको छ, त्यहाँ कोरोना नसर्ने तर ६५ जना कैदिबन्दिहरुलाई भेटघाट गर्न आउदा कोरोना सर्ने बिषयले आफु चकित परेको उनले बताए ।
भेटघाट कार्यक्रममा सहभागि नेपाली काँग्रेसका जिल्ला सहसचिव तथा निर्वाचन क्षेत्र नं. ख का सभापति दमनबहादुर शाहीले कैदिबन्दिहरुका आफन्तहरुले भेटघाट गर्न नपाउनु भनेको दुखको बिषय भएकोले तत्काल जिल्लाको गृह प्रसाषन सँग आफुहरुले करा गर्ने समेत बताए । जिल्ला काराघर कालिकोटमा सुरक्षार्थ खटिएका प्रहरि साहायक निरिक्षक रमेश महाताराका अनुसार जेलर पनि नभएको र कोरोनाको बेला कसैलाई पनि भेटघाट गर्न नदिने गृहमन्त्रालयको परिपत्र अनुसार ठुला साना जो सुकैलाई पनि भेटघाटमा कडाई गरेको बताए ।
जिल्ला काराघरमा खटिएका कैदिबन्दिका चौकिदार मानबहादुर शाहीका अनुसार केहि दिन अगाडि महावै गाउपालिकाले दिएको खसि हस्तान्त्रणको बेला कैदिबन्दिहरुले कसैलाई भेट्न दिने कसैलाई भेट्न नदिने भन्दै गरेको आन्दोलनका कारण पनि आफुहरुलाई थप निर्देशन नआउन्जेल सम्म प्रधानमन्त्री आएपनि भेटघाट गर्न नदिने बताए ।
जिल्ला काराघर कालिकोटमा हाल जम्मा ६५ जना कैदिवन्दिहरु मध्य महिला ७ जना र नाबालक २ जना रहेको काराघर श्रोतले जानकारि दिएको छ । जिल्ला काराघर भित्र रहेका कैदिबन्दिहरुको के कस्तो समस्या थियो त्यो भने आफुहरुले सम्म बुझ्न नपाएको भेटघाट टोलिमा सहभागि पत्रकार सुमनकुमार बमको भनाई छ ।
अप्रसन खबर बाट साभार









ई-कर्णाली खबर
२ पुष २०७७, बिहीबार १२:२४