Loading... आजः २४ मंसिर २०८२, बुधबार

मुख्यमन्त्रीले वाढी पिडितलाई पैसा बिनाको चेक,दिय काँग्रेस नेता शाही

कालिकोट । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कालिकोटका बाढी पिडीतलाई खालि चेक हस्तान्तरण गरेको रहस्य खुलेको छ ।

बुधबार कालिकोट जिल्लाको सदरमुकाम मान्म बजार स्थित होटल मदनको सभाहलमा पत्रकार भेटघाट कार्यक्रममा कुरा,कानी गर्दै नेपाली कांग्रेसका यूवा नेता तथा तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले कालिकोटका बाढी पिडीतलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले खालि चेक दिए र दुख दिएकाे बताउनु भएको हाे ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले वाढी पिडितलाई खाली चेक दिएर धोका दिएको आफुलाई जानकारी थियो । तर पनि हामीले केही नवोलेको पछि पिडित परिवारले आफै नाग्गेझार पारेपछि मुख देखाउन समेत उनैलाई समस्या भएको जानकारी गराउनु भयो ।

उहाँले समाचार खासै नबनााउ मान्छे कोहाे भनेर चिन्नु होला । प्रशासनमा सिडियोलाई साक्षि राखेर महेन्द्रवहादुर शाहीले नरहरीनाथ गाउँपालिका र रास्कोट नगरपालिकाका वाढी पिडितलाई खाली पैसा नभएको चेक दिएर अपमान गरेको समेत वताउनु भयाे।

 

महेन्द्र वहादुर शाहीले नहरीनाथको वाँकाका सात परिवार गुमाएका पदम वटाला र रास्कोटका वाढी पिडितलाई खाली चेक दिएर लज्जासपद ब्यवहार देखाएको आज खुलेको छ ।