Loading... आजः २४ मंसिर २०८२, बुधबार

शुभकालिकामा आयुर्वेद औषधालयको उद्घाटन

कालिकोट/ शुभकालिका गाउँपालिकामा औपचारिक रुपमा आयुर्वेद औषधालय तथा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । शुभकालीका गाउँपालीकाका स्थानीय तहमा पाइने जडिवुटिहरु संकलन गरि विभिन्न रोगिहरुको उपचार गर्ने लक्ष्य राखिएको आयुर्वेदका वरिष्ठ बैद्य लक्ष्मीप्रसाद पाण्डेले बताउनु भयो।

 

गाउँपालिकाका वाथरोगीहरुको लागि स्टीम वाथ संचालनमा ल्याएको छ वाथ रोगिहरुको लागि जुनसुकै बेला पनि स्टीम वाथ र्माफत उपचार गर्न सकिने बताईएको छ।

 

कार्यक्रममा शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईको अध्यक्षता , स्वास्थ्य सेवा कार्यालयका  निरीक्षक बिरेन्द्र कुमार के.सि वरिष्ठ बैद्य लक्ष्मीप्रसाद पाण्डे जनप्रतिनिधी लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भयको बताईएको छ।

यो कार्यक्रम जिल्लाको शुभकालीका गाउँपालीका, नरहरीनाथ गाउँपालीका र तिलागुफा नगरपालीकामा संन्चालन गरीने छ।