पंचदेब माध्यमिक विद्यालयको ४२ औ बार्षिक उत्सब कार्यक्रम सम्पन्न
कालिकोट । खाँडाचक्र नगरपालिका स्थित श्री पंचदेव माध्यमिक विद्यालय मान्मको ४२ औ बार्षिक साधारण सभा तथा अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर शाहीको अध्यक्षता , कर्णाली प्रदेश सरकारका माननिय सदस्य कुर्मराज शाहीको प्रमुख आथित्यता तथा खाँडाचक्र नगरपालिका उप प्रमुख विजया विष्ट र नेपाल कम्युनिष्ट पार्टी नेकपा कालिकोटका अध्यक्ष धनजित शाहीको विशेष आथित्यतामा कार्यक्रम भएको हो ।
विद्यालयका प्रधानाध्यापक सबराज बमले आर्थिक वर्ष २०७६।०७७ खर्चको विवरण तथा आम्दानी सहित आर्थिक वर्ष २०७७।०७८ खर्च विवरण र आगामी कार्ययोजनाको बारे प्रस्तुत गर्नुभएको थियो । साथै बमले विद्यालयमा मौजुदा आर्थिक विवरण सहित विद्यालयको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका माननिय कुर्मराज शाहीले विद्यालयको बार्षिक उत्सब तथा अभिभावक दिवसको शुभकामना दिदै विद्यालयको भौतिक तथा पुर्वाधार निर्माणमा कर्णाली प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने बताउनु भएको छ ।
साथै प्रमुख अतिथि समेत रहनु भएका शाहीले सम्पुर्ण विद्यार्थि तथा शिक्षकहरुलाई आगामी दिनमा कुनै असहज वातावरण नहोस भन्दै विद्यालयको स्तर उन्नतीका लागि सवै अभिभावकहरु एक भएर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रमका सभा अध्यक्ष समेत रहनुभएका गणेश ब शाहीले विद्यालयको भौतिक संरचना तथा विद्यार्थि र शिक्षकको अवस्था हेरी विकास निर्माणले तिव्र गति लिएको बताउदै आगामी दिनमा कुनै समस्या देखिए विद्यालय व्यवस्थापन समिती मजबुद भएर लाग्ने बताउनु भयो ।
नेकपाका पार्टी अध्यक्ष धनजित शाहीले कालिकोट जिल्लाको सदमुकाम मान्ममा रहेको एकमात्र उच्चशिक्षा प्रदान गर्ने विद्यालय भएको बताउदै बार्षिक उत्सव तथा अभिभावक दिवसको शुभकामना दिनुभएको छ । यस्तै खाँडाचक्र नगरपालिका उप प्रमुख विजया विष्टले विद्यार्थिका समस्याहरु पहिचान गरी सहज बातावरण सृजना गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा विभिन्न किसीमका सांगितिक प्रस्तुतीहरु प्रस्तुत गरीएको थियो । कार्यक्रमको संचालक यमुना बलमे गर्नुभएको थियो । कार्यक्रममा राजनैतिक दलका प्रमुख प्रतिनिधी,शिक्षक विद्यार्थि,पत्रकार ,अभिभावक लगाएत स्थानीय बासीको उपस्थित रहेको थियो ।









ई-कर्णाली खबर
१२ फाल्गुन २०७७, बुधबार १३:५७