सुधार हुदै सेरी राराकाटिया जोड्ने सडक
कालिकोट, फागुन १२ गते । कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका केन्द्र जोड्ने सेरी राराकाटिया सडकलाई सुधार गर्न बिश्व खाद्य्य कार्यक्रम र गाउँपािलका सयुक्त रुपमा लागेका छन । भौगोलिक रुपमा निकै चुनौती मानिएको सडकको ट्याक गत आर्थिक वर्ष गाउँपालिकाले खोल्यो । जोखिम उठाएर गाडी र मोटरसाईकल चल्न थालेपनि सडक दुर्घटना खतरा वढिरहेकाले बिश्व खाद्य कार्यक्रमले एमडिआई मार्फत सडक सुधार आयोजना सञ्चालनमा ल्याएको छ ।
सडक सुधार संगै गाउँका ब्यरोजगार मुख्य गरी महिलालाई आत्मा निर्भर वनाउने आयोजनाले जिम्मा लिएको छ । आर्थिक रुपमा परनिर्भर महिलालाई आर्थिक अधिकारका साथै रोजगारी दिन महिला लक्षित परियोजना केन्द्रीत रहेको एमडिआईले जनाएको छ ।
यस्तै रास्कोटको सान्नीगाढ, पलाँताको पलाँता अस्पताल र नरहरीनाथको कुमालगाउँ प्राथमिक केन्द्र र कोभिड अस्पतालमा भोली पनि छुटेकालाई खोप लगाइने छ । लगानी कर्ता बिश्व खाद्य कार्यक्रमले नै महिलालाई मात्र कामदारको रुपमा छनोट गर्ने लक्ष्य लिएपछि स्थानीय सरकारले पनि महिला कामदारको सुची एमडिआईलाई दिएको थियो । त्यसैवाट गरिव उच्चा गरिवका साथै एकल महिलाहरुलाई केन्द्रीत गरेर कामदार छनोट गरिएको बिश्वखाद्य कार्यक्रमले जनाएको छ ।
परियोजनाले महिला कामदार मात्र राख्ने माप्दण्ड रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले घरमा पुरुषले आर्थिक अधिकार महिलालाई नदिने भएकाले आफैले कमाई गरेको आर्थिक त महिलाले चलाउन पाहुन भन्ने उद्देश्यले महिला कामदार मात्र राख्ने लक्षय परियोजनाले लिएको वताउनुभयो । गाउँपालिकाले पनि सबै कामदार महिला मात्र छनोट गरेको छ । बिश्व खाद्य कार्यक्रमलाई गाउँपालिकाले पनि थप सहयोग गरेको छ ।
शुभकालिका गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत हस्तवहादुर शाहीले सडकमा हालिने सबै जाली खरिद गाउँपालिकाले गरिदिएको वताउनुभयो । सेरी भर्ता र सेरी राराकाटिया सडकका लागि गाउँपालिकाले २० लाख वजेट दिएर जाली खरिद गर्न लगाएको वताउनुभयो ।
गाउँपालिका र प्रदेश सरकारको समपुरुक गरी झण्डै तीन करोड लगातले सडकको ट्याक खोलिएको थियो । प्रमुख शाहीले सडकलाई थप बयवस्थीत गर्नका लागि गाउँपालिकासंग श्रोत नभएकाले सहयोगी निकायलाई आग्रह गरेको वताउनुभयो ।
अव यो वर्षमा सडक थप मर्मत भएमा धेरै जोखिम कम हुने शाहीको भनाई छ । सडकका मोड र साघुरो सडकलाई ब्यवस्थीत वनाउनका लागि आफै पनि हप्तामा दुई दिन अनिवार्य साईडको अनुगमन गर्ने गरेको सुनाउनुभयो । लगानी कर्ताका प्राबिधिक पनि साईडमै रहेकाले सोचे जस्तो सडक सहज वन्ने आफुले आसा गरेको उहाँको भनाई छ । सेरी भर्ताका लागि २८ लाख ७५ हजार ८२४.५ पैसा र सेरी राराकाटियाँका लागि २८ लाख ७५ हजार ८२४.५ गरी जम्मा ५७ लाख ५१ हजार ६२९ रुपियाँ वजेट बिश्वखाद्यले प्रदान गरेको छ ।
अहिले चार सय ५० जना कामदारले काम गरिरहेका छन । उनिहरुले दैनिक छ सयका दरले ज्याला पाउने छन । उनिहरुले सडकमा ४० दिन काम गर्नु पर्ने छ । रोजगारी संगै सडक पनि सुधार हुने आसा गरिएको छ । राराकाटिया भन्दा अगाडी गाउँपालिका केन्द्र जोड्ने सडकका लागि प्रदेश सरकारको पुर्वाधार बिकास कार्यालयले ठेक्का आवाहान गरेर काम गरिरहेको छ । भुगलका हिसाव निकै चुनौतीपुण रहेको शुभकालिकामा सडक पुगाउन निकै चुनौती रहेको बिकास साझेदारहरुले वताएका छन ।









ई-कर्णाली खबर
१२ फाल्गुन २०७७, बुधबार १४:३३