Loading... आजः २४ मंसिर २०८२, बुधबार

११ दिनपछि शाही अस्पतालबाट घर फर्किए

कालिकोट। नेपाल तरुणदलका महामन्त्री भुपेन्द्रजंग शाही ११ दिनको अस्पताल बसाइपछि घर फर्किएका छन्।यहि फागुन २ गते आइतबार राति साढे ११ बजे हृदयघात भएपछि काठमाडौँको महाराजगंज स्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।

 

 

अथक प्रयासका बाबजुत महामन्त्री शाहीको जीवन जोगिएको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ। चिकित्सकहरुका अनुसार शाहीलाई समयमै अस्पताल पुर्याएका कारण पनि थप जोखिम सिर्जना नभएके हो।

 

महामन्त्री शाहीको उपचारका क्रममा नेपाली कांग्रेसका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल आइसियुमै पुगेर भेटेका थिए। त्यस्तै पार्टी सभापति शेरबहादुर देउवा, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कांग्रेसी नेताहरु डा.रामशरण महत, अर्जुनरसिंह केसी लगायतका दर्जनाै‌ शुभेच्छुक हरुले अस्पतामै पुगेर स्वास्थ्य लाभको कामना गरेको नेता जगतजंङ बिष्टले जानकारी दिनु भयो।