Loading... आजः २४ मंसिर २०८२, बुधबार

अलपत्र खुलालु पुलले गती लिदै

ललित बिष्ट कालिकोट  / अलपत्र अवस्थामा रहेको कर्णाली करिडोर जोड्ने खुलालुको पक्कि पुलको निर्माण कार्य तिव्ब गतिमा भइरहेको पाईएको छ ।कर्णाली राजमार्ग देखी कर्णालीकै गौरवको आयोजनाका रुपमा मानिएको कर्णाली करिडोर जोड्ने खुलालु पक्कि पुलको शिलान्यास गरेको झन्डै एक दशक पछी पुलले गती लिएको हो ।

 

पुल निर्माणको जिम्मा पाएको प्रगति कन्काई नेपाल प्रा.लि. र सडक डिभिजन कार्यालय जुम्लाको चरम लाप्रबाहीले गर्दा एक दशक सम्म पुल अलपत्र अवस्थामा थियो । पुलको ०६७ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र ०७१ सालमा तत्कालीन भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधिले शिलान्यास गरेका थिए।

 

 

दुई पटक सिलान्यास भएको पुल एक दशक सम्म निर्माण कार्यले तिब्रता पाउन सकेको थिएन । एक दशक पछी अलपत्र पुलको आउने असार सम्म निर्माण सम्पन्न गरिसक्ने प्रतिवद्धता निर्माण कम्पनीले गरेपछी यहाँका नागरीकमा खुशि थपिएको छ ।

 

पुलको निर्माण अहिले सम्म ७० प्रतिशत सम्पन्न भइसकेको छ । आउनु पर्ने सवै समागा्री पनी आइसकेको छ । आउदो असार सम्म निर्माण सम्पन्न गरेर पुलबाटै गाढि डुडाउने योजनाका साथ  निर्माण कम्पनी लागिप रेको छ ।